सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक श्रेष्ठ ललितपुर प्रहरी परिसरको हिरासतमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
१९४ पटक हेरिएको
Shares
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक श्रेष्ठ ललितपुर प्रहरी परिसरको हिरासतमा

सारांश

  • छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
  •  बिहीबारदेखि उनी जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
  • सूर्यमुखी (सन फ्लावर) खानेतेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको आरोपमा सञ्चालक श्रेष्ठलाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरी बिहीबार जिल्ला प्रहरी परिसरको जिम्मा लगाएको एसपी गौतमले बताए।

२५ वैशाख, काठमाडौं ।

छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबारदेखि उनी जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

सूर्यमुखी (सन फ्लावर) खानेतेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको आरोपमा सञ्चालक श्रेष्ठलाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरी बिहीबार जिल्ला प्रहरी परिसरको जिम्मा लगाएको एसपी गौतमले बताए।  श्रेष्ठको कम्पनी ललितपुरको गोदावरी नगरपालिका-५ लेलेस्थित महादेव खोलामा छ। ठगी मुद्दामा बिहीबार जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गराई अनुसन्धान गरिरहेका छौँ’, शुक्रबार बिहान एसपी गौतमले भने।  छहारी र ओमकार ब्रान्डका एक लिटर र आधा लिटरका सूर्यमुखी तेलका प्याकेटमा मापदण्डभन्दा कम मात्रा राखेर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो।  त्यस क्रममा तेलको प्याकेटमा कम तेल राखिएको फेला परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। साथै प्रहरीले ९०५ कार्टुन तेल पनि बरामद गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
भारतमा बी-टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु
भारतमा बी-टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु
वर्षा रोकिएपछि राजमार्ग खुलाउन तीव्रता, पृथ्वी राजमार्ग आजै सञ्चालनमा ल्याउने तयारी
वर्षा रोकिएपछि राजमार्ग खुलाउन तीव्रता, पृथ्वी राजमार्ग आजै सञ्चालनमा ल्याउने तयारी
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
सहकारी ठगी प्रकरण: रवि लामिछानेका पक्षधर वकिलको बहस सुरु
सहकारी ठगी प्रकरण: रवि लामिछानेका पक्षधर वकिलको बहस सुरु
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
सिरहामा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते
सिरहामा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते
म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड
म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै