संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’

सारांश

  •   संविधान दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका मूल्यहरू समेटिएको वर्तमान संविधानलाई संरक्षण गर्दै राष्ट्रलाई समृद्धिको दिशामा लैजान सबैमा आह्वान गरेका छन् ।
  • संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली जनताले पटक–पटक गरेका ऐतिहासिक आन्दोलन, संघर्ष र क्रान्तिको फलस्वरूप २०७२ सालको असोज ३ गते संविधान जारी भएको स्मरण गराउँदै त्यसमा योगदान दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
  • ‘नेपाली कांग्रेसको नेतृत्वमा जनताका निर्वाचित प्रतिनिधिद्वारा संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका विश्वव्यापी मूल्यहरूमा आधारित छ,’देउवाले उल्लेख गरेका छन्।

३ असोज, काठमाडौं । 

संविधान दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका मूल्यहरू समेटिएको वर्तमान संविधानलाई संरक्षण गर्दै राष्ट्रलाई समृद्धिको दिशामा लैजान सबैमा आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली जनताले पटक–पटक गरेका ऐतिहासिक आन्दोलन, संघर्ष र क्रान्तिको फलस्वरूप २०७२ सालको असोज ३ गते संविधान जारी भएको स्मरण गराउँदै त्यसमा योगदान दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘नेपाली कांग्रेसको नेतृत्वमा जनताका निर्वाचित प्रतिनिधिद्वारा संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका विश्वव्यापी मूल्यहरूमा आधारित छ,’देउवाले उल्लेख गरेका छन्। ‘संविधानको सफल कार्यान्वयनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन आजको दिनले प्रेरणा दिने विश्वास लिएको छु,’उनले भने। सभापति देउवाले हाल मुलुकमा देखा परेका राजनीतिक जटिलताहरूको समाधान पनि यही संविधानभित्र खोजिनुपर्नेमा जोड दिएका छन् ।

संविधान नै मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थिति वा समस्या समाधानका लागि संविधानबाहिर जानु घातक हुनसक्ने चेतावनी पनि उनले दिएका छन् । संविधान दिवसको अवसरमा देउवाले न्याय, समानता, स्वतन्त्रता र बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्थाको स्थापनार्थ भएका आन्दोलनमा प्राण आहुति दिने वीर सपुतहरूप्रति उच्च सम्मान प्रकट गरेका छन् । ‘राजनीतिक स्थिरता र समुन्नत राष्ट्र निर्माणको साझा संकल्प आजको संविधान दिवसले हामी सबैलाई दिलाएकै छ,’सभापति देउवाको सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
अल्लु अर्जुनको ‘पुष्पा २’ अहिले निकै चर्चामा
अल्लु अर्जुनको ‘पुष्पा २’ अहिले निकै चर्चामा
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?
एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
चौधरी ग्रुपद्वारा देशको कुल राजस्वमा दुई प्रतिशत योगदान
चौधरी ग्रुपद्वारा देशको कुल राजस्वमा दुई प्रतिशत योगदान
गण्डकी प्रदेशले चिकित्सक र स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो
गण्डकी प्रदेशले चिकित्सक र स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो