उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउनु हुँदैन : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १४, २०८३
|
|
११५ पटक हेरिएको
Shares
उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउनु हुँदैन : गगन थापा

सारांश

  • प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने बताएका छन् ।
  • ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफलमा सभापति थापाले यस्तो बताएका हुन् ।
  • सभापति थापाले भने, ‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी वाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु ।

१४ भदौ, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफलमा सभापति थापाले यस्तो बताएका हुन् । सभापति थापाले भने, ‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी वाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु ।’

उनले विपद्का बेला छिमेकी वा अन्य मुलुकको सहयोग लिनु स्वभाविक भएको बताए । मुलुकमा निम्तिएको बाढीपहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय कांग्रेसले गरेको छ । विपद्को समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको भन्दै उनले सरकारका काममा रहेका ‘ग्याप’ र कमजोरी औंल्याउनु आलोचना नभई सहयोग नै भएको स्पष्ट पारे ।विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै थापाले संघीय सरकारलाई स्थानीय तहसँग समन्वय गर्न सुझाव दिए । स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनको तर्क छ ।

मुलुक शोकमा रहेको र हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पार्टीका कुनै पनि तहले सार्वजनिक उत्सव र कार्यक्रम नगर्न थापाले निर्देशन दिए । अबको सम्पूर्ण ध्यान उद्धार, राहत संकलन र वितरणमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘हरितालिका तीज लगायतका पर्वहरूलाई सामान्य रूपमा मनाउन सकिन्छ तर सार्वजनिक उत्सव र भड्किलो कार्यक्रम नगर्न म आग्रह गर्दछु ।’ सोमबारदेखि सभापति थापा नेतृत्वको विपद् व्यवस्थापन टोली प्रत्यक्ष प्रभावित क्षेत्रको अवलोकन र राहत समन्वयका लागि प्रस्थान गर्ने भएको छ । फिल्डमा पुगेर प्राप्त हुने वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव र दबाब दिइने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : वर्षमान पुन
प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : वर्षमान पुन
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
विवाहपञ्चमीको तेस्रो दिन धनुषयज्ञ मनाइयो, आज तिल्कोत्सव
विवाहपञ्चमीको तेस्रो दिन धनुषयज्ञ मनाइयो, आज तिल्कोत्सव
कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी
कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी
बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
चालकलाई छुट दिएबापत २५ हजार घुस लिने सई पक्राउ
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कुलमानलाई धक्का, ३ जना केन्द्रीय सदस्यले पार्टी छाडे
कुलमानलाई धक्का, ३ जना केन्द्रीय सदस्यले पार्टी छाडे
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग
एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब
एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब