सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
६१ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान

सारांश

  • विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
  • यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ ।
  • उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

२७ असोज, काठमाडौं ।

विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

सुन तस्करी प्रकरणमा रोल्पाको राङ्सी घर भएका पूर्वउपराष्ट्रपति पुन पनि विवादमा मुछिएकाले उनीमाथि पनि अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए । दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी हुम्लाबासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए । त्यसपछि हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो । सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो । पुन दुई कार्यकाल उपराष्ट्रपति छँदा स्वकीय सचिव रहेका जितेन्द्र हाल अमेरिकामा रहेको पारिवारिक स्रोत बताउँछ ।

पूर्वउपराष्ट्रपति पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी प्रकरण, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएपछि फरार रहेको प्रहरी अधिकृतहरु बताउँछन् । २०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दिपेश मुछिएका छन् । सुन तस्करी प्रकरणमा गठन गरिएको जाँचबुझ आयोगले दीपेशको संलग्नता किटान गर्दै थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो । सहकारी ठगी प्रकरणमा पक्राउ समेत परेका दिपेश हाजिरी जमानीमा छुटेका थिए । हाल उनी भारतमा रहेको सूचना रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

यसैगरी तत्कालीन उपराष्ट्रपति पुनको सचिवालयमा ‘वैदेशिक मामिला विज्ञ’ पदको नियुक्ति लिएका जीवनकुमार गुरुङसमेत सुन तस्करी प्रकरणमा २०८० साल फागुनमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए । यसैगरी पुनको आफन्त अमला रोका समेत सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । ठमेलको ‘होटल भियना’समेत सञ्चालन गरेकी रोका गत असारमा दुई लाख धरौटीमा रिहा भएकी थिइन् । पूर्वउपराष्ट्रपति पुनका छोराहरु, आफन्त र उनको सचिवालयका सदस्य समेत सुन तस्करी प्रकरणमा मुछिएका र पुनको चिनियाँ टोलीसँग शंकास्पद सम्बन्ध रहेको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
नगर प्रमुख जैसवारको  एकलौटी निर्णयले पचरौता नगरपालिकाको कामकाज ठप्प
नगर प्रमुख जैसवारको  एकलौटी निर्णयले पचरौता नगरपालिकाको कामकाज ठप्प
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड
पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग
पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग
टप एन्ड टी-२० सिरिज : नेपाल र बंगलादेश ‘ए’ भिड्दै
टप एन्ड टी-२० सिरिज : नेपाल र बंगलादेश ‘ए’ भिड्दै
प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले घट्यो
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
नियमित उडान हुन छाड्यो, सुनसान छ रामेछाप विमानस्थल
नियमित उडान हुन छाड्यो, सुनसान छ रामेछाप विमानस्थल