नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २९, २०८२
|
|
४८ पटक हेरिएको
Shares
नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा

सारांश

  • बन्द रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सेवा शनिबार बिहानबाट सञ्चालनमा आएको छ ।
  • कात्तिक १६ बाट आंशिक रुपमा सञ्चालनमा आएको यातायात व्यवस्था विभागको डेटा सेन्टरमा शुक्रबार समस्या आएपछि उक्त सेवा दिनभर बन्द भएको थियो ।
  • त्यस्तै लाइसेन्सका लागि आवेदन दिन मिल्नेगरी विभागले तयार पारेको वेबसाइट applydlnew.

२९ कात्तिक, काठमाडौं ।

बन्द रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सेवा शनिबार बिहानबाट सञ्चालनमा आएको छ । कात्तिक १६ बाट आंशिक रुपमा सञ्चालनमा आएको यातायात व्यवस्था विभागको डेटा सेन्टरमा शुक्रबार समस्या आएपछि उक्त सेवा दिनभर बन्द भएको थियो । त्यस्तै लाइसेन्सका लागि आवेदन दिन मिल्नेगरी विभागले तयार पारेको वेबसाइट applydlnew.dotm.gov.np पनि सञ्चालनमा आएको छ । पावर सप्लाई नभएकाले समस्या भएको र शुक्रबार साँझ नयाँ पावर सप्लाई जडान गरिसकिएकाले शनिबार बिहानबाट सेवा सुरु भएको विभागका निर्देशक केशव खतिवडाले बताए ।

‘अब लाइन जाँदा पनि सिस्टम बन्द हुँदैन,’ उनले भने, ‘जेनेरेटर त थियो, तर लामो समय लाइन जाँदा धान्न सक्ने अवस्था नभएर समस्या आएको हो ।’ अब लाइन जाँदा ब्याट्री र जेनेरेटरले प्रणाली चल्ने उनको भनाइ छ । उनका अनुसार देशभर रहेका ४२ वटा यातायात व्यवस्था कार्यालयमध्ये अहिले ३८ वटाबाट मात्र यो सेवा सञ्चालनमा छ । रुकुमको चौरजहारी, सुर्खेत, पोखरा र हेटौंडाबाट भने उक्त सेवा सुरु भइसकेको छैन । यी कार्यालयहरुबाट सेवा सञ्चालनमा आउन अझै केही समय लाग्ने निर्देशक खतिवडाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
सेयर बजारमा उत्साहपूर्ण सुधार, ६ अर्ब नजिकको कारोबार
सेयर बजारमा उत्साहपूर्ण सुधार, ६ अर्ब नजिकको कारोबार
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान
रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति
रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति
बीपी राजमार्गमा खुलाइयो सवारी आवागमन
बीपी राजमार्गमा खुलाइयो सवारी आवागमन
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने, एक करोड बजेट
२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने, एक करोड बजेट