रामेछाप पहिरो अपडेट: थप एक जनाको शव भेटियो, ३ जनाको खोजी कार्य जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
रामेछाप पहिरो अपडेट: थप एक जनाको शव भेटियो, ३ जनाको खोजी कार्य जारी

सारांश

  • शनिवार राति गएको पहिरोले ६ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका थिए ।
  • ११ जना मध्ये १ जनालाई जीवितै उद्धार गरिएको थियो भने ६ जनाको लास आइतबार नै भेटिएको थियो ।
  •   अविरल वर्षाका कारण आइतबार ४ बजे पछि खोजी कार्य स्थगित गरिएकोमा सोमबार बिहान करिब ८ बजे पछि पुनः खोजी कार्य सुचारु गरिएको थियो ।

१० भदौ , दोरम्बा सैलुङ गाउँपालिका ३ लेखर्कमा गएको पहिरोमा हराएका मध्ये थप एक जनाको लास भेटिएको छ ।

शनिवार राति गएको पहिरोले ६ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका थिए । ११ जना मध्ये १ जनालाई जीवितै उद्धार गरिएको थियो भने ६ जनाको लास आइतबार नै भेटिएको थियो ।  अविरल वर्षाका कारण आइतबार ४ बजे पछि खोजी कार्य स्थगित गरिएकोमा सोमबार बिहान करिब ८ बजे पछि पुनः खोजी कार्य सुचारु गरिएको थियो । नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजी कार्य जारी राखेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार थप एक जनाको लास फेला पारेको छ । टोलीले सोमबार ७५ वर्षीय पुड्की पहरीको लास फेला पारेको थियो । यो सहित उक्त पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ भने ३ जना अझै बेपत्ता छन् ।पहिरोमा परि मृत्यु हुनेमा ३० वर्षीय चण्डिका थापा मगर¸ १८ महिने नाबालक आसम थापा मगर¸ ४० वर्षीय उर्मिला पहिरी¸ १७ वर्षका सन्दीप पहरी¸ वर्ष १८ का विज्ञान पहरी र १४ वर्षका सन्तोष पहरी रहेका रामेछाप प्रहरीले जनाएको छ । सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेका थियो । बैठकले परिवारका सदस्य गुमाएका परिवारलाई सङ्घीय सरकार र प्रदेश सरकारको मापदण्ड अनुसार राहत वितरण गर्ने निर्णय भएको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनु भएको छ । घटनाको यकिन विवरण प्राप्त भए पछि मात्र राहत उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको ५ फाइटर जेट खसालेको पाकिस्तानको दाबी
भारतको ५ फाइटर जेट खसालेको पाकिस्तानको दाबी
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना
श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित २ जना पक्राउ
श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित २ जना पक्राउ
धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने
धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ
नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ
बार निर्वाचनः मतगणना सोमबारदेखि
बार निर्वाचनः मतगणना सोमबारदेखि
फ्रान्समा बजेट कटौतीविरुद्ध लाखौं मानिस सडकमा, ८० हजार प्रहरी तैनाथ
फ्रान्समा बजेट कटौतीविरुद्ध लाखौं मानिस सडकमा, ८० हजार प्रहरी तैनाथ
सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, एक घाइते
सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, एक घाइते
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने