काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी

सारांश

  • काठमाडौं महानगरपालिकाका नगरप्रहरी उपरीक्षक (एसपी) दिनेश अर्याल र उनी नेतृत्वको कमान्डमा खटिएका पाँच जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
  •  उजुरीमा वडासदस्य हिरादेवी पोखरेललाई समेत विपक्षी बनाइएको छ ।
  • सर्लाहीको रामनगर–१, स्थायी घर भएर काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका होसनारायण रायले आइतबार उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् ।

८ वैशाख, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका नगरप्रहरी उपरीक्षक (एसपी) दिनेश अर्याल र उनी नेतृत्वको कमान्डमा खटिएका पाँच जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरीमा वडासदस्य हिरादेवी पोखरेललाई समेत विपक्षी बनाइएको छ ।सर्लाहीको रामनगर–१, स्थायी घर भएर काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका होसनारायण रायले आइतबार उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् ।

यही वैशाख ४ गते नगरप्रहरीले वडा नम्बर ३२, च्यासलस्थित कबाड संकलन केन्द्रमा डोजर चलाएको थियो । सो क्रममा महानगरको डोजर तोडफोड पनि भएको थियो । एसपी अर्यालसहित उनी नेतृत्वको कमान्ड र स्थानीय वडासदस्य पोखरेलले ज्यान मार्ने नियतले डोजर चलाएको रायको आरोप छ । नगरप्रहरीको कुटपिटबाट टाउकोमा चोट लागेपछि प्रहरीले उनलाई बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पुर्‍याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली
विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स
प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स
प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्
प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्
आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने
आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी