शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १३, २०८२
|
|
२० पटक हेरिएको
Shares
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रम संस्कृति केवल शारीरिक श्रममा सीमित नभई सचेत, जिम्मेवार र सक्रिय नागरिकको अभ्यास भएको बताएका छन् ।
  • शुक्रबार आयोजित सदस्यता वितरण कार्यक्रममा बोल्दै उनले श्रम संस्कृति पार्टी ढुङ्गा र माटो मात्र बोकिरहने नभई प्रतिपक्षको भूमिकामा रहि सक्रियरुपमा जिम्मेवार रहने बताएका छन् ।
  • उनले भने, ‘श्रम संस्कृति भनेको ढुङ्गा र माटो मात्र बोकिरहने वा विरुवा मात्र रोपिरहने होइन ।

१३ चैत,काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रम संस्कृति केवल शारीरिक श्रममा सीमित नभई सचेत, जिम्मेवार र सक्रिय नागरिकको अभ्यास भएको बताएका छन् । शुक्रबार आयोजित सदस्यता वितरण कार्यक्रममा बोल्दै उनले श्रम संस्कृति पार्टी ढुङ्गा र माटो मात्र बोकिरहने नभई प्रतिपक्षको भूमिकामा रहि सक्रियरुपमा जिम्मेवार रहने बताएका छन् ।

उनले भने, ‘श्रम संस्कृति भनेको ढुङ्गा र माटो मात्र बोकिरहने वा विरुवा मात्र रोपिरहने होइन । विकासका काममा एकोहोरो लागिरहने मात्र पनि होइन । हामी प्रतिपक्ष पनि हौं ।’ उनले आफू मात्र संसदमा पुगेर सबै कुरा हेर्ने अवस्था नरहेको उल्लेख गर्दै सबै नागरिकलाई सक्रिय हुन आह्वान गरे । ‘तपाईंहरू सबै जना हर्क साम्पाङ हो,’ भन्दै उनले पूर्वदेखि पश्चिमसम्म सञ्चालन भइरहेका योजनामा नागरिकले नम्र, भद्र र शिष्ट ढंगले प्रश्न उठाउनुपर्ने बताए । साम्पाङले देशमा विद्यमान विकृति र विसंगति हटाउन रचनात्मक तथा सिर्जनात्मक सहभागिता आवश्यक रहेको धारणा राखे ।‘हामी त्यसरी लाग्यौं भने मात्र सरकार ठीक ठाउँमा आउँछ,’ उनले जोड दिदै भने।साथै, उनले आफ्नो पार्टी सधैं पीडित र दुःखी नागरिकहरूको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीको कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभियो
कर्णालीको कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभियो
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्
दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते
रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते
यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा