Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बेमौसमी वर्षाले  रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
३८ पटक हेरिएको
Shares
बेमौसमी वर्षाले  रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति

सारांश

  • बेमौसमी वर्षाले रामेछाप जिल्लामा ८७ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धान बालीमा ठुलो क्षति पु¥याएको छ ।
  • वर्षाले खेतमा पानी जम्दा काटिएको धान बाली नष्ट हुँदा किसानले नोक्सानी बेहोर्नु परेको छ ।
  • कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार बेमौसमी वर्षाका कारण जिल्लामा करिब १३९ मेट्रिक टन धान बाली नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

२२ कात्तिक, रामेछाप ।

बेमौसमी वर्षाले रामेछाप जिल्लामा ८७ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धान बालीमा ठुलो क्षति पु¥याएको छ । वर्षाले खेतमा पानी जम्दा काटिएको धान बाली नष्ट हुँदा किसानले नोक्सानी बेहोर्नु परेको छ । कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार बेमौसमी वर्षाका कारण जिल्लामा करिब १३९ मेट्रिक टन धान बाली नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । ‘यसबाट किसानलाई करिब ६० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको अनुमान गरेका छौँ’, उनले भने ।

सबैभन्दा बढी क्षति खाँडादेवी गाउँपालिकामा भएको छ। सो पालिकामा ६२ हेक्टर क्षेत्रमा लगाइएको धानमध्ये ११४ मेट्रिक टन बाली नष्ट भइ किसानले ३५ लाख रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको दाहालले जानकारी दिए । त्यसैगरी लिखुतामाकोशी गाउँपालिकामा करिब २५ हेक्टर क्षेत्रफलमा बाली नष्ट भई २७ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयले जनाएको छ । रामेछापमा रहेका ८ वटा स्थानीय तहमध्ये सुनापति गाउँपालिकामा धानबालीमा कुनै क्षति नपुगेको भए पनि बाँकी  अन्य २ नगरपालिका र ३ गाउँपालिकामा करिब ३० हेक्टर क्षेत्रफलमा धानबाली क्षति भएको प्रारम्भिक विवरण कार्यालयले सङ्कलन गरेको छ ।

प्रमुख दाहालका अनुसार क्षतिको विस्तृत विवरण वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाउने तयारी भइरहेको छ । प्रदेश सरकारले किसानलाई राहतस्वरूप २० हेक्टर बराबरमा ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । अहिले क्षतिग्रस्त कृषकको पहिचान भइरहेको र राहत वितरणका लागि तयारी भइरहेको उनले जानकारी दिए । रामेछापमा कुल ८ हजार ६ सय १५ हेक्टर धान खेतीयोग्य जमिन रहेको छ । यस वर्ष सो क्षेत्रफलको करिब ९५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो । जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर २ दशमलव १७ मेट्रिक टन रहेको कृषि विकास कार्यालयका तथ्याङ्कले देखाउँछ ।

स्थानीय किसानहरूका अनुसार बेमौसमी वर्षाले खेतमा काटेको मात्र होइन काट्न नपाएको धान ढल्ने, कुहिने लगायतको समस्या देखिएको छ । उनीहरूले प्रदेश सरकारसँग राहत तत्काल उपलब्ध गराइदिन माग गरेका छन् । कृषि विकास कार्यालय रामेछापले किसानहरूको क्षति मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको र राहतका लागि प्रस्ताव छिट्टै पठाइने जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण
स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
विदेशी जेलमा हजार माथि नेपाली : वकिलसम्म पहुँच छैन, परिवारसँग सम्पर्क हुन्न
विदेशी जेलमा हजार माथि नेपाली : वकिलसम्म पहुँच छैन, परिवारसँग सम्पर्क हुन्न
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड
भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो