सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने

सारांश

  • लामो समयदेखि बस व्यवसायी र म्याजिक व्यवसायीबीच देखिएको विवाद समाधान भएको छ।
  • बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि दुवै पक्षबीच सहमति जुट्दै अब बस तथा म्याजिक दुवै सवारी साधन नयाँ बसपार्कबाटै सञ्चालन हुने भएका छन्।
  • बैठकले म्याजिकलाई १५ मिनेटको अन्तरालमा सञ्चालन गर्ने व्यवस्था गरेको छ भने बसहरू आफ्नो नियमित समयतालिकाअनुसार छुट्नेछन्।

२ पुस, सर्लाही ।

लामो समयदेखि बस व्यवसायी र म्याजिक व्यवसायीबीच देखिएको विवाद समाधान भएको छ। बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि दुवै पक्षबीच सहमति जुट्दै अब बस तथा म्याजिक दुवै सवारी साधन नयाँ बसपार्कबाटै सञ्चालन हुने भएका छन्। बैठकले म्याजिकलाई १५ मिनेटको अन्तरालमा सञ्चालन गर्ने व्यवस्था गरेको छ भने बसहरू आफ्नो नियमित समयतालिकाअनुसार छुट्नेछन्। साथै, राजश्री चौकदेखि दक्षिणतर्फ दुवै सवारी साधनलाई प्रवेश निषेध गरिएको छ।

निर्णयअनुसार प्रत्येक चौकमा पाँच मिनेटभन्दा बढी सवारी रोक्न नपाइने, क्षमता भन्दा बढी यात्रु नबोक्ने नियम लागू गरिनेछ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा समय कार्ड प्रयोग गरिने र यसअघि नवलपुरमा बस तथा म्याजिक व्यवसायीबीच भएको सहमतिको पालना पनि गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यदि निर्णय कार्यान्वयनमा समस्या देखा परेमा दुवै व्यवसायी वा प्रशासनको मध्यस्थतामा पुनः बैठक बसेर समाधान खोजिने व्यवस्था गरिएको छ। नयाँ बसपार्कबाटै बस र म्याजिक सञ्चालन हुने भएपछि अव्यवस्थित पार्किङ, सडक जाम तथा यात्रुहरूलाई हुने असहजता कम हुने अपेक्षा गरिएको छ। प्रशासनले निर्णयलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न दुवै पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित
धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित
६ महिनामा साढे २० अर्बको धानचामल आयात
६ महिनामा साढे २० अर्बको धानचामल आयात
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
दुई संसदीय समितिको बैठक बस्दै 
दुई संसदीय समितिको बैठक बस्दै 
सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति
सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति
कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र
कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र
यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग
यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
विधेयकमाथि छलफल गर्न पारीश्रमीक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति
विधेयकमाथि छलफल गर्न पारीश्रमीक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति