चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा,एक युवक मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
५४ पटक हेरिएको
Shares
चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा,एक युवक मृत्यु

सारांश

  • चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा एक युवकले ज्यान गुमाएको खुलेको छ ।
  • गत आइतबार बिहानै झिसमिसेमा दुई समूहबीचको झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको थियो ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) अपिलराज बोहोराका अनुसार एउटा सानो मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।

२९ माघ ,काठमाडौँ । चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा एक युवकले ज्यान गुमाएको खुलेको छ । गत आइतबार बिहानै झिसमिसेमा दुई समूहबीचको झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) अपिलराज बोहोराका अनुसार एउटा सानो मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ । ‘एउटा समूहले मोबाइल चोर्छ कुनै व्यक्तिको । मोबाइल चोरेको अर्को पक्षले देख्छ,’ घटनाबारे जानकारी गराउँदै एसपी बोहोराले भने, ‘त्यो मोबाइल समाउनका लागि अर्को पक्ष जाँदा भएको झगडामा ती व्यक्तिको ज्यान गएको छ ।’ झडपछि तत्कालै पुगेको प्रहरीको टोलीले घाइते भएका कार्कीलाई काठमाडौं शिक्षण अस्पताल (केएमसी) लगिएको थियो । त्यहाँ चिकित्सकले कार्कीलाई मृत घोषणा गरेका थिए ।

‘यो घटनालाई हामीले समााजको बिम्बको रुपमा पनि लिएका छौं,’ एसपी बोहोराले भने । भडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युनिक लामा भनिने न्युतु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।शेर्पाविरुद्ध पाँच र तामाङविरुद्ध दुईपटक यसअघि पनि प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको मुद्दा चलाइएको एसपी बोहोराले जानकारी दिए । उनका अनुसार सोही घटनाका अर्का एक जना भने फरार छन् । फरार रहेका व्यक्तिको ट्र्याकिङ भइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
७ सदस्यीय संसदीय छानबिन समिति गठन
७ सदस्यीय संसदीय छानबिन समिति गठन
मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू
मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू
दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै
आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार
११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार
काठमाडौँबाट १५ करोडको कोकिन बरामद, ४ जना विदेशी पक्राउ
काठमाडौँबाट १५ करोडको कोकिन बरामद, ४ जना विदेशी पक्राउ
कर्णाली सरकारले ल्यायो ३१ अर्बको बजेट (पूर्ण पाठसहित)
कर्णाली सरकारले ल्यायो ३१ अर्बको बजेट (पूर्ण पाठसहित)