प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय

सारांश

  •   भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको विषयमा भारतीय विदेशमन्त्रालयले दुःख व्यक्त गरेको छ।
  • शुक्रबार विज्ञप्ति जारी गर्दैै मन्त्रालयले घटनाको जानकारी आएदेखि नै मन्त्रालय ओडिसा राज्य सरकारसँग निन्तर सम्पर्कमा रहेको बताएको छ।
  • ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग गरेको र राज्य प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको मन्त्रालयको भनाइ छ।

१९ वैशाख, भारत । 

भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको विषयमा भारतीय विदेशमन्त्रालयले दुःख व्यक्त गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दैै मन्त्रालयले घटनाको जानकारी आएदेखि नै मन्त्रालय ओडिसा राज्य सरकारसँग निन्तर सम्पर्कमा रहेको बताएको छ। ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग गरेको र राज्य प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको मन्त्रालयको भनाइ छ। ‘विदेश मन्त्रालयले यस दुःखद घटनाको जानकारी पाएदेखि नै ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ,’ विज्ञप्तिमा भनेको छ,

‘ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र ओडिसा प्रहरीले हाल घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।’ त्यस्तै मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक सरकारले लिएको उल्लेख गरेको छ। ‘भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाली अधिकारीहरू, ओडिसा राज्य सरकार तथा केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्क र समन्वयमा रहेका छौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज कारागारबाट भागेका दुई कैदी मृ*त फेला
राजविराज कारागारबाट भागेका दुई कैदी मृ*त फेला
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच सिंहदरबारमा छलफल
सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच सिंहदरबारमा छलफल
राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल
नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल
हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा
हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
उच्च अदालतले रविलाई थुनामा पठाउनुका पाँच आधार
उच्च अदालतले रविलाई थुनामा पठाउनुका पाँच आधार