कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
४४ पटक हेरिएको
Shares
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्ट मिलेर बनेको यो सरकार असफल भएको दाबी गरेका छन ।
  • जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस–कम्युनिष्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यन्यवन नभएको बताए ।
  • उनले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधन गर्ने भानिएको भएपनि पुरा नभएको जिकिर गरे ।

२७ चैत, रौतहट ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्ट मिलेर बनेको यो सरकार असफल भएको दाबी गरेका छन । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस–कम्युनिष्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यन्यवन नभएको बताए ।

उनले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधन गर्ने भानिएको भएपनि पुरा नभएको जिकिर गरे ।
उनले अहिले नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र भइरहेको बताए । संविधान संशोधन गर्ने नियत यो सरकारको नभएको उनको भनाइ छ । उनले भने, ‘आज मुलुकमा सुशासनको नाममा कुशासन चलिरहेको छ । देशमा सुशासनको नाम निशाना नै छैन । भ्रष्टाचार नियन्त्रणको कुरा छोड्यौ । आज भ्रष्टाचारतन्त्र, लुटतन्त्र, कमिसनतन्त्र देशको यो अवस्था नेपालको इतिहासमै मैले कहिलै देखेको थिइन् ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले देशको अर्थतन्त्र धरासायी बनेको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको औल्याए । जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन रौतहटको मध्य गरुडामा सुरु भएको छ । अधिवेशनमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादव रौतहट आएका हुन । बुधबारसम्म चल्ने अधिवेशनले जसपा नेपाल रौतहटको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँसहित ११ जिल्लामा फैलियो बर्डफ्लु, पशुसेवा विभागले जारी गर्‍यो चेतावनी
काठमाडौँसहित ११ जिल्लामा फैलियो बर्डफ्लु, पशुसेवा विभागले जारी गर्‍यो चेतावनी
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै। 
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै। 
एसिया कप: आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै
एसिया कप: आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै
प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण
प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण
जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय
जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट
मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन
मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन
मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित
मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित
जेनजी आन्दोलन : २ हजार ३ सय १६ जनाले गराए उपचार, उपचारका क्रममा ४९ जनाले गुमाए ज्यान
जेनजी आन्दोलन : २ हजार ३ सय १६ जनाले गराए उपचार, उपचारका क्रममा ४९ जनाले गुमाए ज्यान