Press 4K
बिहिबार, १४ श्रावण २०८३

संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २४, २०८२
|
|
२३३ पटक हेरिएको
Shares
संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद र कार्यपालिकाको भूमिका फरक रहेको स्पष्ट गर्दै अझ गम्भीरढगले काम गर्नुपर्ने बताएका छन् ।
  • मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको आफ्नो जिम्मेवारी र सरकारको आफ्नै भूमिका हुने उल्लेख गरे ।
  • उनले भने, ‘संसद र सरकार फरक–फरक पाटो हुन् भन्ने बुझ्न जरुरी छ ।

२४ चैत,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद र कार्यपालिकाको भूमिका फरक रहेको स्पष्ट गर्दै अझ गम्भीरढगले काम गर्नुपर्ने बताएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको आफ्नो जिम्मेवारी र सरकारको आफ्नै भूमिका हुने उल्लेख गरे ।

उनले भने, ‘संसद र सरकार फरक–फरक पाटो हुन् भन्ने बुझ्न जरुरी छ । सरकारले आफ्नो ढंगले काम गरिरहेको छ । प्रधानमन्त्री धेरै नबोली लिखित रूपमा माफी माग्दै जनता र दलित समुदायको जीवनस्तर उकास्न मजबुत निर्णय ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।’सुनारले दलित समुदायको न्याय र हितका लागि सरकारले अघि बढाएको काममा आफ्नो पार्टीले पनि सुझाव दिएको बताए । ‘दलित आयोगलगायत सरोकारवाला निकायसँग समन्वय गरेर सुझाव दिएका छौं, यो सुरुवात मात्र हो,’ उनले भने ।

गृहमन्त्रीमाथि उठेका प्रश्नबारे उनले निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरे । ‘मजबुत ढंगले छानबिन हुनुपर्छ र हुन्छ पनि, सत्यतथ्य आएपछि कसैले पनि चुक्ने वा झुक्ने हुँदैन,’ उनले स्पष्ट पारे ।यसैबीच, सांसद इन्दिरा राना मगरले कृषकहरूलाई आयतित मलमा निर्भर रहनु नपर्नेगरी स्वदेशमै उत्पादन बढाउनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘सानो उद्योगमार्फत मल उत्पादनका परियोजना अघि बढाउनुपर्छ। यो किसानका लागि अपरिहार्य छ र दीर्घकालीन रूपमा लागू गर्नुपर्छ।’उनले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न सके जनताले प्रत्यक्ष राहत महसुस गर्ने धारणा व्यक्त गरिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव
तीस करोडको लागतमा अस्पताल भवन निर्माण   
तीस करोडको लागतमा अस्पताल भवन निर्माण   
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
बरियारपट्टी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रदर्शन
बरियारपट्टी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रदर्शन
समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन : मन्त्री गौतम
समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन : मन्त्री गौतम
सुनको भाउ हालसम्मकै महँगो
सुनको भाउ हालसम्मकै महँगो
तनहुँ यात्रुवाहक बस दुर्घटना : ५ जना घाइतेलाई अस्पताल लगियो
तनहुँ यात्रुवाहक बस दुर्घटना : ५ जना घाइतेलाई अस्पताल लगियो
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...