Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
८४ पटक हेरिएको
Shares
पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री

सारांश

  • पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ ।
  • रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।
  •   संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात् गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने टोलीको माग छ ।

२३ कात्तिक, काठमाडौं ।

पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ ।रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।  संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात् गर्न नसकेकाले अध्यादेश ल्याएर

भए पनि सच्याउनुपर्ने टोलीको माग छ । ‘कानुनमा बाध्यकारी व्यवस्था नभएकाले दलहरुले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलालाई टिकट नै दिँदैनन् । यही कारण संसदमा महिला प्रतिनिधित्व सन्तोषजनक हुन सकेको छैन,’ डा. पाण्डेले भने, ‘अब ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था हुनुपर्छ। त्यसभित्र दलित, जनजाति र अन्य अल्पसंख्यक समुदायको पनि प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।’

प्रतिनिधिमण्डलमा उषाकिरण तिम्सेना, सम्झना पौडेल, प्रतीक्षा चापागाईँलगायतको पनि सहभागिता थियो । प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने वचन दिइन् । उनले निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राखेको उनको सचिवालयले जनाएको छ । खर्चिलो निर्वाचनका कारण पनि भ्रष्टाचार र चुनावी बेथिति बढेको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेढ अर्ब लागतमा आईएमई ग्रुपले रौतहटमा खोल्यो एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग (तस्बिरहरू)
डेढ अर्ब लागतमा आईएमई ग्रुपले रौतहटमा खोल्यो एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग (तस्बिरहरू)
सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए
सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा
१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा
जन्मदिनकै उपहार स्वरुप आज कारागार फर्किने रवि लामिछानेको घोषणा
जन्मदिनकै उपहार स्वरुप आज कारागार फर्किने रवि लामिछानेको घोषणा
प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ
प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ
चौतर्फि आलोचनापछि मधेसका आठ राज्यमन्त्री हटाइयो।
चौतर्फि आलोचनापछि मधेसका आठ राज्यमन्त्री हटाइयो।
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग