धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

सारांश

  • पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ ।
  • गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो ।
  • तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

७ असोज, काठमाडौं ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ ।

रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले भनेको छ । यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यतिबेला सडकमा परेको गाडीको चाप सामान्य नहुँदै धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् । दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर
प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर
आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो
आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो
सामान्य बन्दै चितवनको जनजीवन: कर्फ्यू हटाइयो, सबै युनिटबाट सेवा दिँदै प्रहरी
सामान्य बन्दै चितवनको जनजीवन: कर्फ्यू हटाइयो, सबै युनिटबाट सेवा दिँदै प्रहरी
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो
लालपुर्जा वितरण नगर्दासम्म सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी
लालपुर्जा वितरण नगर्दासम्म सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता
प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट