हमासले आज थप चार शव इजरायललाई हस्तान्तरण गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
हमासले आज थप चार शव इजरायललाई हस्तान्तरण गर्ने

सारांश

  •   गत साता रिहा गर्ने भनिएका ६ सयभन्दा बढी प्यालेटिनी कैदी रिहा गर्ने विषयमा इजरायल सहमत भएसँगै गाजा युद्धविराम भंग हुने खतरा तत्कालका लागि टरेको छ।
  • प्रत्युत्तरमा हमासले आज चार जना मृतक बन्धकको शव इजरायललाई हस्तान्तरण गर्नेछ।
  • हमासले गत शनिबार ६ जना बन्धक रिहा गरेपछि सोही दिन नै इजरायलले ६ सयभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्नुपर्ने थियो।

१५ फागुन,  प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलले समानान्तर रूपमा आज बन्धक र कैदी रिहा गर्दैछन्।  गत साता रिहा गर्ने भनिएका ६ सयभन्दा बढी प्यालेटिनी कैदी रिहा गर्ने विषयमा इजरायल सहमत भएसँगै गाजा युद्धविराम भंग हुने खतरा तत्कालका लागि टरेको छ। प्रत्युत्तरमा हमासले आज चार जना मृतक बन्धकको शव इजरायललाई हस्तान्तरण गर्नेछ।

हमासले गत शनिबार ६ जना बन्धक रिहा गरेपछि सोही दिन नै इजरायलले ६ सयभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्नुपर्ने थियो। तर, इजरायलले बन्धक रिहाइ अपमानजनक भएको आरोप लगाउनुका साथै थप बन्धक रिहाइ सुनिश्चित नहुँदासम्म ती ६ सयभन्दा बढी प्यालेस्टिनी कैदीको रिहाइ अनिश्चितकालका लागि स्थगन गरेको जनाएको थियो। तर हमास र मध्यस्थकर्ता देशहरूबीच कायरोमा भएको वार्तामा बन्धक साटासाट सम्बन्धमा सहमति जुटेको हो। जनवरी १९ देखि सुरू भएको गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको पहिलो चरण अर्थात् ६ सातामा हमासले ३३ बन्धक रिहा गर्ने र प्रत्युत्तरमा इजरायलले पनि आफ्नो जेलमा रहेका १९ सयभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौता भएको थियो।

सोही सम्झौता अन्तर्गत हमासले अहिलेसम्म २० गैरसैनिक र पाँच सैनिक गरी २५ जना जीवित इजरायली बन्धकका साथै ४ इजरायली बन्धकको शव हस्तान्तरण गरिसकेको छ।  यसका अतिरिक्त हमासले छुट्टै सहमति अन्तर्गत पाँच जना थाई बन्धकलाई पनि रिहा गरिसकेको छ। प्रत्युत्तरमा इजरायलले करिब एक हजार प्यालेस्टिनी कैदी रिहा गरिसकेको छ। युद्धविराम सम्झौता तीन चरणमा लागू हुने भनिएको र दोस्रो चरणका लागि १६औं दिनदेखि नै वार्ता सुरू गरिनुपर्नेमा सो वार्ता भने अझै सुरू हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
मधेस प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
मधेस प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा
रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै
एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत
प्रधानमन्त्रीले गरे स्पेनमा रहेको नेपाली दूतावासको अवलोकन
प्रधानमन्त्रीले गरे स्पेनमा रहेको नेपाली दूतावासको अवलोकन
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
६ वटा संसदीय समितिको बैठक आज बस्दै
६ वटा संसदीय समितिको बैठक आज बस्दै
गृहमन्त्रीले गरे भक्तपुरको दुईवटा निर्वाचन कार्यालयको निरीक्षण, सुधार गृह पनि पुगे
गृहमन्त्रीले गरे भक्तपुरको दुईवटा निर्वाचन कार्यालयको निरीक्षण, सुधार गृह पनि पुगे