Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
प्रचण्डले बोलाए विपक्षी दलको बैठक

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
  • प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।
  • बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

२५ जेठ, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् । बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ । जेठ १५ गते पवपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।

संसद्को अवरोध खुलाउने विषयमा शनिवार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता समेत भएको थियो । उक्त भेटमा संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो । सत्तारुढ दलका नेताहरूसँगको भेटमा भएका संवादको विषय समेत प्रचण्डले विपक्षी दलहरूलाई ब्रिफिङ गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश
ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
बेलायतको संसद्‌मा डा. शेखर कोइरालाले सम्बोधन गर्ने
बेलायतको संसद्‌मा डा. शेखर कोइरालाले सम्बोधन गर्ने
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको लक्ष्य
साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको लक्ष्य
प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ
प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ