Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हमासलाई समाप्त पार्न इजरायली रक्षामन्त्रीको आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
५८ पटक हेरिएको
Shares
हमासलाई समाप्त पार्न इजरायली रक्षामन्त्रीको आह्वान

सारांश

  • इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली सेनाले गाजामा आफ्नो कारबाही विस्तार गर्ने र ‘ठूला क्षेत्रहरू’ कब्जा गर्ने बताएका छन्।
  • बुधबार उनले यसको उद्देश्य ‘आतंकप्रभावित क्षेत्र सफा गर्नु’ रहेको उल्लेख गरेका छन्।
  •   काट्जले कब्जा गरिएका क्षेत्रहरूलाई इजरायली सुरक्षा क्षेत्रमा एकीकृत गर्न पनि आह्वान गरेका छन्।

 

२० चैत,  इजरायल ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली सेनाले गाजामा आफ्नो कारबाही विस्तार गर्ने र ‘ठूला क्षेत्रहरू’ कब्जा गर्ने बताएका छन्।बुधबार उनले यसको उद्देश्य ‘आतंकप्रभावित क्षेत्र सफा गर्नु’ रहेको उल्लेख गरेका छन्।  काट्जले कब्जा गरिएका क्षेत्रहरूलाई इजरायली सुरक्षा क्षेत्रमा एकीकृत गर्न पनि आह्वान गरेका छन्।

यसका लागि काट्जले प्यालेस्टिनीहरूलाई ठूलो मात्रामा क्षेत्रबाट बाहिर निकाल्नु पर्ने आवश्यकतामा जोड दिँदै हमासलाई समाप्त पार्न मानिसहरूलाई अपिल गरेका छन्। उनले इजरायली बन्धक रिहाइका लागि आग्रह गर्दै यो नै युद्ध अन्त्य गर्ने एक मात्र तरिका भएको बताए। इजरायली सेनाले राति रफाहमा स्थलगत कारबाही सुरु गरेको रिपोर्ट आएको छ। ५९ जना इजरायली बन्धक रिहा गर्ने र शान्ति सम्झौता अगाडि बढाउने नयाँ अमेरिकी प्रस्ताव हमासले अस्वीकार गरेको आरोप लगाउँदै इजरायलले मार्च १८ मा गाजामा पुनः बमबारी गरिरहेको छ।

उता हमासले चाहिँ इजरायलले जनवरीमा भएको शान्ति सम्झौता तोडेको आरोप लगाएको छ। इजरायलले मार्च २ मा गाजामा सहायता आपूर्ति बन्द गरेपछि अवस्था झनै बिग्रिएको छ। गत महिना आठ प्यालेस्टिनी स्वास्थ्यकर्मी, छ नागरिक रक्षा कर्मचारी र एक संयुक्त राष्ट्र संघ कर्मचारीको मृत्युपछि संयुक्त राष्ट्र संघले गाजामा आफ्नो गतिविधिमा कटौतीको घोषणा गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 
अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल
रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन
रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, अर्का एक घाइते
सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, अर्का एक घाइते