Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
४३ पटक हेरिएको
Shares
पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड

सारांश

  • झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ ।
  • मुग्लिनबाट २.
  • ५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ ।

५ असोज, चितवन ।

झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ ।

कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ । अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको छ । इन्जिनियर आचार्यका अनुसार अहिले पनि सडकमा ३५ मिटर डिपोजिट पहिरो सडकमा छ । त्यसलाई सहज रुपमा हटाउन सके दिउँसोसम्म सडक खुलाउन सकिने उनले जानकारी दिए । ‘पहिरो बेलाबखत झरेको छ, जोखिम त यसै पनि छ, तर पनि हामी लागिरहेका छौं, काम गर्दागर्दै पनि कतिबेला थप आउँछ भन्ने अवस्था छैन’, इन्जिनियर आचार्यले भने, ‘माथिल्लो भागमा पत्रे चट्टान भएकाले समस्या भएको छ ।’

असोज ३ गते साँझ ६ बजेतिर गएको ठूलो पहिरो निरन्तर झरिरहेकोले मुग्लिनतर्फबाट नारायणगढ आउने र नाराणगढबाट मुग्लिनतर्फ जाने सयौं सवारी साधान बीच बाटोमा नै रोकिएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट जाने सवारीलाई टाँडी, भण्डारा, आँपटारी,जुगेडी, रामनगर क्षेत्रमा रोकिएको छ । काठमाडौंबाट आउने सवारीलाई कुरिनटार, मुग्लिन, फिस्लिङमा रोकिएका छन् । मुग्लिन बजारमा रहेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा निःशुल्क पानी, खाना र खाजा वितरण गर्न थालिएको छ ।नारायणगढतर्फबाट पनि विभिन्न सामाजिक संघसंस्था तथा ब्यक्तिहरुको सहयोगमा यात्रुहरुलाई चाउचाउ, विस्कुट, पानी बाँड्ने काम गरिएको छ । यातायात मजदुरहरुलाई यातायात व्यवसायीहरुले नि:शूल्क खाना र खाजाको व्यवस्था मिलाएको जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
प्रधानमन्त्रीसँग शुक्रबार प्रत्यक्ष प्रश्नउत्तर हुने
प्रधानमन्त्रीसँग शुक्रबार प्रत्यक्ष प्रश्नउत्तर हुने
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल
एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ