राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची

सारांश

  • राष्ट्रिय सभामा आज अध्यादेश प्रतिस्थापन विधेयकहरू पारित गर्ने कार्यसूची छ ।
  • सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।
  • जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

 

१५ चैत, काठमाडौँ । राष्ट्रिय सभामा आज अध्यादेश प्रतिस्थापन विधेयकहरू पारित गर्ने कार्यसूची छ । सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले तीन वटा विधेयक पारित गरियोेस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । जसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेको छ । यी पाँच वटै विधेयक पारित गर्नु अगाडि सदनमै दफावार छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ