Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
४६ पटक हेरिएको
Shares
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया

सारांश

  • वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भूमि समस्या समाधानको लागि वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
  • आइतबार भूमि समस्या समाधान आयोग रामेछापसँगको छलफलमा बोल्दै मुख्यमन्त्री बानियाले भूमि सम्बन्धी समस्या समाधानको लागि सरकारले आयोग बनाएको बताए ।
  • आयोगलाई काम गर्ने क्रममा धेरै समस्या भएको बताउँदै उनले ती समस्या समाधान गर्न वाग्मती प्रदेश सरकारको तर्फबाट सबै प्रयास गरिने बताए ।

२२ भदौ, रामेछाप ।

वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भूमि समस्या समाधानको लागि वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार भूमि समस्या समाधान आयोग रामेछापसँगको छलफलमा बोल्दै मुख्यमन्त्री बानियाले भूमि सम्बन्धी समस्या समाधानको लागि सरकारले आयोग बनाएको बताए । आयोगलाई काम गर्ने क्रममा धेरै समस्या भएको बताउँदै उनले ती समस्या समाधान गर्न वाग्मती प्रदेश सरकारको तर्फबाट सबै प्रयास गरिने बताए ।

कार्यक्रममा भूमि समस्या समाधान आयोग रामेछापका अध्यक्ष गौतमकुमार लामाले आयोगले जिल्लामा हालसम्म गरेका काम र काम गर्ने क्रममा आएका चुनौती बारे मुख्यमन्त्री बानियालाई जानकारी गराएका थिए । समस्या सुनेपछि मुख्यमन्त्री बानियाले आफूले समस्याा सुनेको बताउँदै त्यसको समाधानको लागि सक्दो प्रयास गर्ने बताए । ‘मैले यहाँका समस्या सुने, समस्या समाधानका लागि के गर्न सकिन्छ सुझाव पनि पाइयो, यहाँबाट फर्किएपछि समस्या समाधानको लागि जे गर्न सकिन्छ म गर्छु’, उनले भने ।कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, आयोगका जिल्ला सदस्यहरू लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?