रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल

सारांश

  • रास्वपाबाट निश्काषनमा परेका डा.
  • मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछाने जेल जाने निश्चित् भएको बताएका छन् ।
  • उनले सहकारीको विषय लगभग टुँग्गिन लागेको भएपनि राहदानी दुरूपयोगको विषय बाँकी रहेको भन्दै त्यसको प्रमाणसमेत पेश गरेका छन् ।

९ असोज , । रास्वपाबाट निश्काषनमा परेका डा. मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछाने जेल जाने निश्चित् भएको बताएका छन् ।

उनले सहकारीको विषय लगभग टुँग्गिन लागेको भएपनि राहदानी दुरूपयोगको विषय बाँकी रहेको भन्दै त्यसको प्रमाणसमेत पेश गरेका छन् । ढकालले लामिछानेको दोहोरो राहदानीको मुद्दा टुँगो लागे लामिछानेले आजीवन निर्वाचन लड्न नपाउने पनि ठोकुवा गरेका छन् ।उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्- सहकारीको विषय लगभग टुङ्गिन लागेको छ । रवि लामिछाने जेल जाने निश्चित छ ।

अब कुरा गरौँ राहदानी दुरूपयोगको प्रमाणका बारेमा । ९ फागुन २०७० मा अमेरिकी नागरिकता र सोही वर्ष २१ फागुनमा अमेरिकी राहदानी लिएका रवि लामिछाने २२ जेठ २०७१ मा नातेदार भिसामा नेपाल आएका थिए । १३ जेठ २०७२ मा उनले पुरानै नागरिकता विवरण राखेर नेपाली राहदानी लिए । त्यसपछि उनले ४ जेठ २०७५ मा अमेरिकी नागरिकता र राहदानी त्याग्न दूतावासमा निवेदन दिएका थिए । १३ जेठ २०७२ देखि ४ जेठ २०७५ सम्म उनीसँग नेपाल र अमेरिका दुवै देशको राहदानी रहेको देखिन्छ । दोहोरो राहदानीको यो मुद्दा टुङ्गो लागे रवि लामिछाने आजीवन नेपालको कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक बच्चीलाई गाडीले छोयो, उपचार खर्च पार्टीले बेहोर्छ : ओली
एक बच्चीलाई गाडीले छोयो, उपचार खर्च पार्टीले बेहोर्छ : ओली
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैँ
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैँ
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड
विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव
भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो
भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता