सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ८, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली

सारांश

  • पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी) को टोली पोखरा पुगेको छ।
  • मंगलबार अनुसन्धानमा सघाउन सिआइबीले दुई जनालाई पोखरा पठाएको हो।
  • सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा कास्की प्रहरीले पूर्वडिआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक समिति सदस्य छविलाल जोशीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

 

८ असोज , काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी) को टोली पोखरा पुगेको छ।

मंगलबार अनुसन्धानमा सघाउन सिआइबीले दुई जनालाई पोखरा पठाएको हो। सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा कास्की प्रहरीले पूर्वडिआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक समिति सदस्य छविलाल जोशीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी कास्की पुर्‍याइएको थियो। जिल्ला सरकारी वकिल कार्यालय पोखरामा अहिले जोशीको बयान जारी छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?