पठाओ चालक : माइक्रोले ठक्कर दिँदा सर्लाहीका २४ वर्षीय युवकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
पठाओ चालक : माइक्रोले ठक्कर दिँदा सर्लाहीका २४ वर्षीय युवकको मृ*त्यु

सारांश

  • काठमाडौँको टोखामा ईभी गाडीले ठक्कर दिँदा पठाओ चालकको मृत्यु भएको छ।
  •  टोखा नगरपालिका- ६ ग्राण्डि सडक खण्डमा बा.
  • प्र-०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.

२५ असार, काठमाडौं ।

काठमाडौँको टोखामा ईभी गाडीले ठक्कर दिँदा पठाओ चालकको मृत्यु भएको छ। टोखा नगरपालिका- ६ ग्राण्डि सडक खण्डमा बा.प्र-०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र-०२-०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो। घटना मंगलबार दिउँसो साढे ३ बजेतिरको हो।

मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका-१ बिलन्दी घर भइ हाल भक्तपुरको थलीमा बस्दै आएका २४ वर्षीय सोनाम योञ्जन छन्।   उनको शव हाल ग्राण्डी अस्पतालमा राखिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका योञ्जनको उपचारको क्रममा ग्राण्डी अस्पताल टोखामा मृत्यु भएको प्रहरीले जनाएको छ। तर, मृतकका बुवा राजकुमार योञ्जनले भने घटना शंकास्पद देखिएको बताएका छन्। आफ्नै लेनमा रहेको स्कुटरलाई अगाडीबाट आएको माइक्रोले ठक्कर दिँदा छोराको मृत्यु भएको उनले बताए। मृतकको शव अहिले ग्राण्डी अस्पतालमै छ।

घटनाको निष्पक्ष छानविन गरि दोषीमाथि कारबाहीको माग गर्दै पीडित पक्षले शव बुझन् मानेका छैनन्। मलेसियामा रोजगारी गरेर स्वदेश फर्किएका सोनामले एक वर्षदेखि काठमाडौँमा पठाओ चलाउँदै आएका थिए।  फुर्सदको बेला उनी मार्केटिङ पनि गर्थे। ‘आफ्नै देशमा केही गर्छु भनेर स्वदेश फर्किएको थियो,’ मृतक युवकका बुवा राजकुमारले भने, ‘उसको मृत्यु हुँदा नौ महिनाको नाती टुहोरो भयो, हामीले छोरा गुमायौँ।’ उनले घटना शंकास्पद देखिएको भन्दै प्रहरीलाई निस्पक्ष छानविन गर्न आग्रह गरे। ‘हामीलाई आज चक्रपथ प्रहरीले छलफलका लागि बोलाएको छ, म त्यता जाँदै छु,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
अनियमितताको आरोपमा वडाध्यक्षद्वारा मेयर–अधिकृतमाथि आक्रमणको प्रयास
अनियमितताको आरोपमा वडाध्यक्षद्वारा मेयर–अधिकृतमाथि आक्रमणको प्रयास
१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर
१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर
धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी
धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी
शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप
शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृ*त्यु
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृ*त्यु
मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
६५ लाख नगदसहित पलेशालाई सरकारले गर्‍यो सम्मान
६५ लाख नगदसहित पलेशालाई सरकारले गर्‍यो सम्मान