राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १६, २०८३
|
|
२२८ पटक हेरिएको
Shares
राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग

सारांश

  • राष्ट्रिय सभाका सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
  • मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् ।
  • कांग्रेस सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरे ।

१६ भदौ, काठमाडौं ।

राष्ट्रिय सभाका सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सरकारसँग माग गरेका छन् । मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् । कांग्रेस सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरे । विपद्का समयमा सबै मिलेर एकैसाथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

यस्तै नेकपाकी सांसद मदन कुमारी शाह गरिमाले पनि राष्ट्रिय शोकको घोषणा गर्न माग गरिन् । ‘एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक कोषणा गर्न माग गर्दछु’ उनले भनिन् । धनी र विकसित मुलुकले गरेको गलत कार्यले जलवायु परिवर्तन भएको र यसको असर नेपाल जस्ता मुलुकले भोग्नुपरेको भनेर उनले यो विषयलाई अन्तराष्ट्रियकरण गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ