राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १६, २०८३
|
|
२७३ पटक हेरिएको
Shares
राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग

सारांश

  • राष्ट्रिय सभाका सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
  • मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् ।
  • कांग्रेस सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरे ।

१६ भदौ, काठमाडौं ।

राष्ट्रिय सभाका सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सरकारसँग माग गरेका छन् । मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् । कांग्रेस सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरे । विपद्का समयमा सबै मिलेर एकैसाथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

यस्तै नेकपाकी सांसद मदन कुमारी शाह गरिमाले पनि राष्ट्रिय शोकको घोषणा गर्न माग गरिन् । ‘एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक कोषणा गर्न माग गर्दछु’ उनले भनिन् । धनी र विकसित मुलुकले गरेको गलत कार्यले जलवायु परिवर्तन भएको र यसको असर नेपाल जस्ता मुलुकले भोग्नुपरेको भनेर उनले यो विषयलाई अन्तराष्ट्रियकरण गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...