म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
४५ पटक हेरिएको
Shares
म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु

सारांश

  •   शुक्रबार म्यानमारमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरूको संख्या ७०४ पुगेको छ ।
  • युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) ले भूकम्पमा परी हजारौं मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ ।
  • भूकम्पको झट्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।

१६ चैत, काठमाडौं । 

शुक्रबार म्यानमारमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरूको संख्या ७०४ पुगेको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) ले भूकम्पमा परी हजारौं मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ । भूकम्पको झट्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।

म्यानमारको सैनिक सरकारले कम्तीमा ६९४ जनाको मृत्यु भएको र १ हजार ६७० जना घाइते भएका पुष्टि गरेको छ । उता थाइल्याण्डमा १० जनाको मृत्यु भएको छ। शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। यो म्यानमार र थाइल्याण्डमा पछिल्लो २०० वर्षयताकै ठूलो भूकम्प मानिएको छ। भीषण विनाशका कारण म्यानमारका ६ राज्यहरू र थाइल्याण्डभरि आपतकाल घोषणा गरिएको छ। रेडक्रसले बिजुली आपूर्ति अवरुद्ध भएकाले माण्डले, सागाइङ र दक्षिणी शान राज्यसम्म पुग्न प्रयासरत स्वयंसेवी टोलीलाई समस्या भइरहेको जनाएको छ। रेडक्रसले दिएको प्रारम्भिक जानकारीका आधारमा भूकम्पबाट ठूलो क्षति भएको बताएको छ।

हाल उनीहरू मानवीय सहायता जुटाउनका लागि थप विवरण संकलन गरिरहेका छन्। भूकम्प प्रभावित म्यानमार र थाइल्याण्डमा राहत तथा सहयोगका लागि रेडक्रसले डेढ लाख डलर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यो रकम भोजन, पानी, कम्बल, तिरपाल र हाइजिन किटजस्ता अत्यावश्यक सामग्रीमा खर्च गरिनेछ। युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार, शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारमा थप १४ पटक परकम्प आएका छन्। तीमध्ये अधिकांश ५ म्याग्निच्युडभन्दा कम तीव्रताका थिए। सबैभन्दा शक्तिशाली परकम्प ६.७ म्याग्निच्युडको थियो, जुन मुख्य भूकम्प गएको करिब १० मिनेटपछि आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० उपसचिव र १० शाखा अधिकृतको सरुवा
१० उपसचिव र १० शाखा अधिकृतको सरुवा
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जेठ ६ मा हुने
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जेठ ६ मा हुने
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई
प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं
प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं