राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २१, २०८२
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

सारांश

  •   राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदै छन् ।
  • जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए ।
  • भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै समारोहलाई सम्बोधन गरे ।

२१  माघ, काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदै छन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै समारोहलाई सम्बोधन गरे ।

यसैगरी, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे । साथै, जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि उनले शिष्टाचार भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदाय तथा जापानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूलाई सम्बोधन गरेका थिए भने उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकन समेत गरे । नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेका थिए । राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणका लागि आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ
मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
सरकारको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ
सरकारको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ
पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि
पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी