मिटरब्याजी अभियोगमा पक्राउ परेका ३ जना कारागार चलान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
८५ पटक हेरिएको
Shares
मिटरब्याजी अभियोगमा पक्राउ परेका ३ जना कारागार चलान

सारांश

  • जनकपुरमा मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
  • जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका छोरा ३२ वर्षीय हरेराम साह र जेठाजु ५३ वर्षीय गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
  • ठगी (अनुचित लेनदेन) र आपराधिक विश्वासघात मुद्दामा गत १ साउनमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो ।

 

२९ साउन, जनकपुरधाम ।

जनकपुरमा मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका छोरा ३२ वर्षीय हरेराम साह र जेठाजु ५३ वर्षीय गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । ठगी (अनुचित लेनदेन) र आपराधिक विश्वासघात मुद्दामा गत १ साउनमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो ।

बुधबार र बिहीबार भएका थुनछेक बहसपछि धनुषा जिल्ला अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । इजलास नम्बर ११ की न्यायानीधश हिरामाया अवालको इजलासले यस्तो आदेश दिएको हो । दुईदिनसम्म मिटरब्याज पीडितहरू तथा पक्राउ परेकापक्षका माननिसहरू जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए । यो मुद्दामा जाहेरवाला नेपाल प्रहीका पूर्वएसपएसपी गोबिन्दकुमार साहसमेत छन् ।  विदेह नगरपालिका –८ बफैँका साहसहितको जाहेरीका आधारमा उनीहरूमाथि धनुषा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो ।

धनुषा प्रहरीका अनुसार पक्राउ परेका गोपालको जनकपुरधामस्थित घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता लगायतको कागजात तथा ल्यापटप बरामद गरेको थियो । उनीहरूमाथि अनुचित लेनदेन तथा ठगीसम्बन्धी नौवटा मुद्दा दर्ता गरिएको छ । हालसम्म ६ वटा मुद्दामा मात्र सुनुवाइ भएको छ । अन्य मुद्दामा सुनुवाइ जारी रहेको र अब अदालतको आदेश बमोजिम उनीहरूलाई जलेश्वर कारागार पठाउने प्रक्रिया अगाडि बढाइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ