रास्वपा सांसद साहको कटाक्ष- बत्ती झ्याप्प झ्याप्प निभाएर सरकारले पूरा देशलाई पनि डार्क मोडमा पुर्‍यायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
२८ पटक हेरिएको
Shares
रास्वपा सांसद साहको कटाक्ष- बत्ती झ्याप्प झ्याप्प निभाएर सरकारले पूरा देशलाई पनि डार्क मोडमा पुर्‍यायो

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले देशभर बेलाबेला भइरहने बत्ती जानु ‘नयाँ दैनिकी’ नै बनेको भन्दै सरकारको आलोचना गरेका छन्।
  • प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारमाथि व्यङ्ग्य गर्दै भने सरकार आफैँ पनि डार्क मोडमा अपरेट भइरहेको छ र बत्ती झ्याप्प झ्याप्प निभाएर पूरा देशलाई पनि डार्क मोडमा पुर्याइरहेको टिप्पणी गरे।
  • उनले संसदमा त इन्भर्टर, जेनेरेटरजस्ता सुविधा भएर काम नरोकिए पनि आम नागरिकको घरमा यस्तो विशेष सुविधा नहुने भन्दै प्रश्न गरे।

२ जेठ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले देशभर बेलाबेला भइरहने बत्ती जानु ‘नयाँ दैनिकी’ नै बनेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारमाथि व्यङ्ग्य गर्दै भने सरकार आफैँ पनि डार्क मोडमा अपरेट भइरहेको छ र बत्ती झ्याप्प झ्याप्प निभाएर पूरा देशलाई पनि डार्क मोडमा पुर्याइरहेको टिप्पणी गरे।

उनले संसदमा त इन्भर्टर, जेनेरेटरजस्ता सुविधा भएर काम नरोकिए पनि आम नागरिकको घरमा यस्तो विशेष सुविधा नहुने भन्दै प्रश्न गरे।बत्ती जाँदा नागरिकको दैनिकी कष्टकर बनेको भन्दै उनले खाना पकाउँदा आधामै रोकिने, मोबाइल चार्ज नहुने, व्यापार व्यवसाय ठप्प हुने र जताततै अन्धकार हुनेजस्ता समस्या औँल्याए।उनले थपे, ‘हिजो साँझ मात्र देशका धेरै ठाउँमा एक्कासी बत्ती गयो। कसैको अस्पतालमा अपरेसन रोकियो होला, कसैको परीक्षा तयारी बिग्रियो होला।’

उनले पहिले हावाहुरी वा पानी पर्दा बत्ती जाने गरे पनि अहिले कारण विना नै झ्याप्पझुप बत्ती जाने गरेको गुनासो गरे। बेलाबेला हुने बत्ती कटौती अब नयाँ दैनिकी नै बनिसकेको उनको भनाइ थियो। उनले यस्तो अवस्थामा धन्यवाद ऊर्जामन्त्रीलाई दिने कि नेपाल विद्युत प्राधिकरणका नयाँ कार्यकारी निर्देशकलाई दिने भन्ने स्पष्ट पार्न कटाक्ष समेत गरेका थिए। उनले यदि बिजुलीको यो ‘लुकामारी’ यस्तै चलिरह्यो भने जनताले सरकारको ‘बत्ती निभाइदिने’ दिन पनि धेरै टाढा नभएको चेतावनी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ: प्रधानमन्त्री ओली
प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ: प्रधानमन्त्री ओली
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
संघीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल
संघीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल
एयरपोर्टमा आफूलाई अपराधीझैँ जाँच गरिएको ओलीको गुनासो
एयरपोर्टमा आफूलाई अपराधीझैँ जाँच गरिएको ओलीको गुनासो
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरू
संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरू