बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
३३ पटक हेरिएको
Shares
बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु

सारांश

  • बाघको आक्रमणबाट बारामा आइतबार एक जना वृद्धको ज्यान गएको छ ।
  • आज बिहान बिहान च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणबाट जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीले जनाएका छन् ।
  • लामा बिहान करिब ७ बजेतिर च्याउ टिप्न गएका थिए ।

२२ भदौ, बारा ।

बाघको आक्रमणबाट बारामा आइतबार एक जना वृद्धको ज्यान गएको छ । आज बिहान बिहान च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणबाट जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीले जनाएका छन् ।

लामा बिहान करिब ७ बजेतिर च्याउ टिप्न गएका थिए । जङ्गलमा बाघको आक्रमणबाट लामाको मृत्यु भएको घटना घाँस काट्न गएका अन्य स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरेको ईप्रका सिमराले जनाएको छ । लामाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाइएको ईप्रका सिमराका प्रमुख जोशीले बताएका छन् ।

यसअघि बाघको आक्रमणबाट बारा अम्लेखगञ्जका ३ जना स्थानीयहरूको ज्यान गइसकेको छ । पछिल्लो २ महिनामा बाघको आक्रमणबाट ४ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जले बाघको आक्रमण बढेपछि प्रभावित क्षेत्रमा सिसी क्यामरा जडान गर्ने र नरभक्षी बाघलाई नियन्त्रणमा लिन चितवनबाट प्राविधिक टोली समेत आइसकेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
प्रधानमन्त्री ओली र श्रीलंकाकी प्रधानमन्त्री समकक्षी अमरासुरियाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाकी प्रधानमन्त्री समकक्षी अमरासुरियाबीच भेटवार्ता
गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ
गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु
मेला हेरेर फर्कँदै गरेका युवक मृ*त अवस्थामा फेला
मेला हेरेर फर्कँदै गरेका युवक मृ*त अवस्थामा फेला
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
युवाहरू तयार भए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली
युवाहरू तयार भए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने
बाजुराको दानासाँघु खोलामा एकैसाथ दुई पुल निर्माण हुँदै
बाजुराको दानासाँघु खोलामा एकैसाथ दुई पुल निर्माण हुँदै
प्रमुख शाह र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
प्रमुख शाह र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता