युवाहरू तयार भए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
युवाहरू तयार भए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् ।
  • मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे ।
  • प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताउँदै युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको पनि बताए ।

३ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताउँदै युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको पनि बताए ।

‘यो युवाहरूको समय हो । युवाहरू अगाडि बढ्नुपर्छ । युवाहरूले गर्नसक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईंले किन पद नछोडेको ?,’ प्रधानमन्त्री ओलीले भने, ‘म त छोड्न तयार नै छु नि । युवाहरू तयार हुनुपर्‍यो नि त । म इन्करेज गर्न चाहन्छु युथहरूलाई ।’ प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?