जनकपुरको लक्ष्य शीर्ष दुई, चितवनलाई जित्नैपर्ने दबाब
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दै छन् ।
- खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।
- चितवन कुशल मल्लको कप्तानीमा छ भने जनकपुर अनिल शाहको कप्तानीमा खेल्दैछ ।
२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

चितवन कुशल मल्लको कप्तानीमा छ भने जनकपुर अनिल शाहको कप्तानीमा खेल्दैछ । चितवन शुक्रबार भएको खेलमा विराटनगरसँग पराजित भएको थियो भने जनकपुरले काठमाण्डुलाई हराएको थियो । जनकपुरले प्लेअफ खेल्ने समेत पक्का भइसकेको छ । अब जनकपुरको लक्ष्य भनेको शीर्ष २ मा पर्दै क्वालिफायर खेल्ने हुनेछ । यता चितवन भने शुक्रबारको हारपछि जित्नैपर्ने दबाबमा छ । जनकपुरले चितवनलाई हराएमा जनकपुरको शीर्ष २ पक्का हुनेछ भने चितवनले अन्य खेलको नतिजा कुर्नुपर्ने छ । त्यसैगरी चितवनले जितेमा भने जनकपुर १० अंकमै सीमित रहनेछ भने चितवनको प्लेअफ सम्भावना बलियो रहन्छ ।



प्रतिक्रिया