मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
२६ पटक हेरिएको
Shares
मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

सारांश

  • कविलासी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा १ हजार ३५ जनाले आँखा परीक्षण गराएका छन् भने मोतियाबिन्दु रोग देखिएका २०४ जनाको निःशुल्क शल्यक्रिया गरिने भएको छ।
  • कविलासी नगरपालिका, नेपाल नेत्रज्योति संघ चितवन–सर्लाही र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा पिपरिया, हेमपुर, जमुनिया, सलेमपुर, सिर्सिया र अगर्वा गरि नगरपालिकाका विभिन्न वडामा ३ दिने शिविर सञ्चालन गरिएको थियो।
  • ‌ आँखा उपचार केन्द्र अगर्वाका इन्चार्ज तथा वरिष्ठ नेत्र सहायक विकास कुमार यादवका अनुसार परीक्षण गराएकामध्ये मोतियाबिन्दु देखिएका २ सय ४ बिरामीको आजदेखि ३ दिनसम्म निःशुल्क शल्यक्रिया हुनेछ।

 

२ मंसिर, सर्लाही । कविलासी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा १ हजार ३५ जनाले आँखा परीक्षण गराएका छन् भने मोतियाबिन्दु रोग देखिएका २०४ जनाको निःशुल्क शल्यक्रिया गरिने भएको छ। कविलासी नगरपालिका, नेपाल नेत्रज्योति संघ चितवन–सर्लाही र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा पिपरिया, हेमपुर, जमुनिया, सलेमपुर, सिर्सिया र अगर्वा गरि नगरपालिकाका विभिन्न वडामा ३ दिने शिविर सञ्चालन गरिएको थियो।‌

आँखा उपचार केन्द्र अगर्वाका इन्चार्ज तथा वरिष्ठ नेत्र सहायक विकास कुमार यादवका अनुसार परीक्षण गराएकामध्ये मोतियाबिन्दु देखिएका २ सय ४ बिरामीको आजदेखि ३ दिनसम्म निःशुल्क शल्यक्रिया हुनेछ। यस्तै आवश्यकता अनुसार २ सय ५० जनालाई निःशुल्क चश्मा र औषधि पनि वितरण गरिएको यादवले बताए। गरिब तथा विपन्न समुदायलाई लक्षित गर्दै वडा–वडामै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। 

यसैबीच निःशुल्क शल्यक्रियामार्फत आँखाको ज्योति फिर्ता पाउने तयारीमा रहेका ज्येष्ठ नागरिकहरूले घरदैलोमै यस्तो महत्वपूर्ण सेवा उपलब्ध गराउन सकेकोमा खुसी व्यक्त गरेका छन्। उनीहरूले “नयाँ जीवन पाएको अनुभूति” भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?