सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन

सारांश

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भइरहेका छलफल सफलता उन्मुख नरहेको बताएका छन् ।
  • जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सहमतिका लागि हदैसम्म लचकता अपनाउँदा पनि समाधान ननिस्किएको बताएका हुन् ।
  • उनले बैठकमा भने, ‘हामीले धेरै प्रयास गर्‍यौँ ।

 

३० पुस, काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भइरहेका छलफल सफलता उन्मुख नरहेको बताएका छन् । जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सहमतिका लागि हदैसम्म लचकता अपनाउँदा पनि समाधान ननिस्किएको बताएका हुन् । उनले बैठकमा भने, ‘हामीले धेरै प्रयास गर्‍यौँ । धेरै नै लचकता अपनाउँदा पनि अहिसम्म समाधान हुन सकेको छैन । छलफलले सफलता पाउन सकेको छैन ।’

पार्टी महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनतर्फ लागेपछि संस्थापनपक्षका नेताहरू पार्टी विभाजनतिर जान लागेको भन्दै संवादमा जुटेका थिए । संस्थापन समूह, विशेष महाधिवेशन समूह र शेखर कोइराला समूहका प्रतिनिधि नेताहरू बसेर पटकपटक छलफल गरेका थिए । तर उक्त छलफलमा विशेष पक्षले राखेको सभापतिको बहिर्गमनलगायत विषयमा सहमति जुट्न नसक्दा कांग्रेस फुटनजिक पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?