जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु

सारांश

  • गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।
  • पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् ।
  • अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ ।

१३ असोज, काठमाडौं ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ । पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ ।

उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमै गुमनाम भएका उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए । तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिएन । उनको टाउको पछाडिको भागमा गोली लागेको थियो । उनी उपचारकै क्रममा कोमामा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?