पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना
सारांश
- पोखरामा स्कुल बस दुर्घटना भएको छ।
- पोखरा महानगरपालिका–२१ कुस्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो।
- ग १ क ६३१९ सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।
१४ साउन, पोखरा । पोखरामा स्कुल बस दुर्घटना भएको छ।
पोखरा महानगरपालिका–२१ कुस्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो। ग १ क ६३१९ सडकबाट झन्डै ६० मिटर तल खसेको छ । बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना सवार थिए।
अहिले विद्यार्थीको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। घाइते विद्यार्थीेको उद्धार गरेर गण्डकी मेडिकल कलेज पृथ्वीचोक ल्याइएको छ। विस्तृत विवरण आउन बाँकी छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया