स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
४०८ पटक हेरिएको
Shares
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट

सारांश

  •   सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ ।
  • आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताउँदै यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरिएको बताए ।

१५ जेठ, काठमाडौं । 

सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताउँदै यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरिएको बताए । उनले भने,‘सबै नागरिकलाई गुणस्तरिय आधारभुत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन गरेको छु । यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरेको छु ।’

उनले विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिए । रोगको बद्लिँदो प्रकृति र भार एवम् लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्ने उनले जानकारी दिए । उनले भने,‘विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको छु । रोगको बद्लिँदो प्रकृति र भार एवम् लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौं ।’

बजेटमार्फत देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ । दूरदराजका क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ । मधेश प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा तथा ट्रमा सेन्टर सञ्चालन गरिने बजेटमा उल्लेख छ । बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित
‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित
बुधबार बिहानसम्म हजारौं महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरे
बुधबार बिहानसम्म हजारौं महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरे
नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न सरकारले बनायो समिति
एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न सरकारले बनायो समिति
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...