स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
३७६ पटक हेरिएको
Shares
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट

सारांश

  •   सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ ।
  • आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताउँदै यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरिएको बताए ।

१५ जेठ, काठमाडौं । 

सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताउँदै यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरिएको बताए । उनले भने,‘सबै नागरिकलाई गुणस्तरिय आधारभुत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन गरेको छु । यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरेको छु ।’

उनले विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिए । रोगको बद्लिँदो प्रकृति र भार एवम् लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्ने उनले जानकारी दिए । उनले भने,‘विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको छु । रोगको बद्लिँदो प्रकृति र भार एवम् लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौं ।’

बजेटमार्फत देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ । दूरदराजका क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ । मधेश प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा तथा ट्रमा सेन्टर सञ्चालन गरिने बजेटमा उल्लेख छ । बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ
घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ
कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल आक्रमण
कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल आक्रमण
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
नेप्सेमा ७८ अंकको गिरावट
नेप्सेमा ७८ अंकको गिरावट
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?