आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ २४, २०८२
|
|
५६ पटक हेरिएको
Shares
आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त

सारांश

  • आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ ।
  • क्रिकेटको महाकुम्भ मानिने यो प्रतियोगितामा आज उद्घाटन दिनमै तीन खेल हुँदैछन् भने आयोजक भारत र अमेरिका बीचको खेलले विशेष चासो तानेको छ ।
  • विश्वकपको पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ ।

काठमाडौं ।

आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । क्रिकेटको महाकुम्भ मानिने यो प्रतियोगितामा आज उद्घाटन दिनमै तीन खेल हुँदैछन् भने आयोजक भारत र अमेरिका बीचको खेलले विशेष चासो तानेको छ । विश्वकपको पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । त्यसैगरी, नेपाल समावेश रहेको समूह ‘सी’ अन्तर्गत आज स्कटल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् । उक्त खेल भारतको कोलकातामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

आजकै सबैभन्दा चर्चित खेल भने आयोजक भारत र अमेरिकाबीच हुनेछ । समूह ‘ए’ कै यो खेल साँझ ७ः१५ बजे मुम्बईको ऐतिहासिक वाङ्खडे स्टेडियममा सुरु हुनेछ । यस खेलअघि भव्य उद्घाटन समारोह आयोजना गरिने आईसीसीले जनाएको छ । उद्घाटन समारोहमा भारतीय कलाकार ऋषभ शर्मा, शिवमणि, ¥यापर बादशाह र बलिउड अभिनेत्री नोरा फतेहीले प्रस्तुति दिने कार्यक्रम तय भएको छ । उनीहरूको प्रस्तुतिले रंगशालालाई सांगीतिक माहोलले गुञ्जयमान बनाउनेछ । यसैबीच, नेपालले आफ्नो पहिलो खेल आइतबार इंग्ल्यान्डसँग खेल्नेछ । पहिलो खेलमै बलियो टोली इंग्ल्यान्डसँगको भिडन्तले नेपाली टोलीको विश्वकप यात्रा कस्तो रहने भन्ने संकेत गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
ग्लोबल आइएमई बैंकले पायो ‘वर्ल्ड बेष्ट बैंक’ अवार्ड
ग्लोबल आइएमई बैंकले पायो ‘वर्ल्ड बेष्ट बैंक’ अवार्ड
उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन
उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २९ जना पक्राउ
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २९ जना पक्राउ
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिने मादेन पक्राउ
श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द
श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न