चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
३० पटक हेरिएको
Shares
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो

सारांश

  • काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा भीषण डढेलो भएको छ ।
  • शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रण बाहिर रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
  • डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् ।

८ चैत, काठमाडौँ ।

काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा भीषण डढेलो भएको छ ।शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रण बाहिर रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।

डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् । ६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन  भएको इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्यले जानकारी दिए ।

स्विट्जरल्याण्ड पार्कबाट तल्लो भेगमा फैलिएको डढेलो नियन्त्रणमा लिन सिर्जनाचोकबाट पानीको फोहोरा हान्ने प्रयास भइरहेको छ । आगो तीव्र रूपमा फैलिँदा वन क्षेत्रमा रहेका जैविक सम्पदा, वन्यजन्तु र वनस्पतिहरू जोखिममा परेका छन् । हावा लागेका कारण आगोको फैलावट  बढेको इन्स्पेक्टर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ
सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो
सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो
एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने मार्टिन गप्टिल
एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने मार्टिन गप्टिल
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन
गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन
दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा
दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा
नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय परिवर्तन
नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय परिवर्तन
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री