जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २२, २०८१
|
|
१६ पटक हेरिएको
Shares
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर

सारांश

  • नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स खेल्दै छन् ।
  • खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।
  • कर्णालीको कप्तानी सोमपाल कामीले गर्ने छन् भने विराटनगरको कप्तान सन्दीप लामिछाने छन् ।

२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

कर्णालीको कप्तानी सोमपाल कामीले गर्ने छन् भने विराटनगरको कप्तान सन्दीप लामिछाने छन् । दुवै टोलीले २ हरपछि जित निकालेका छन् भने त्यस जितलाई निरन्तरता दिन चाहन्छन् । राष्ट्रिय टिमका सोमपाल कामी र गुल्सन झाजस्ता चर्चित खेलाडीहरु भएको कर्णालीको टिम सन्तुलित छ र विदेशी खेलाडीहरु पनि अनुभवी छन् । कर्णालीको टिममा भारतका शिखर धवन, ओमानका पूर्व कप्तान जिसान मक्सुद, हङकङका बाबर हायत, वेष्ट इन्डिजका भेट्रान खेलाडी चाडविक वाल्टन र अस्ट्रेलियाका विलियम बोसिस्टो छन्  । शुक्रबारको खेलमा बाबरलाई आराम दिइएको थियो ।

विराटनगरको टिम राम्रो देखिए पनि पहिलो र दोस्रो खेलमा सोचेअनुरूप प्रदर्शन भएको थिएन । तेस्रो खेलमा राम्रो खेलेको थियो । त्यस्तै प्रदर्शन चाहनेछ । खेल : कर्णाली याक्स भर्सेस विराटनगर किंग्स मिति र समय : २२ मंसिर, दिउँसो १ बजे स्थानटीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर कर्णाली याक्स सम्भावित ११ : शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, भुवन कार्की, विपिन प्रसाद शर्मा

विराटनगर किंग्स सम्भावित ११ : मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, आकिब इलियास, बसिर अहमद, राजेश पुलामी, प्रतिश जिसी, सन्दीप लामिछाने, क्रिस सोल, अनिल खरेल, जितेन्द्र मुखिया, सुबास भण्डारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
किर्ते कागजात प्रकरण : नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित
किर्ते कागजात प्रकरण : नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित
कमल थापाको रिहाइ माग्दै राँके जुलुस
कमल थापाको रिहाइ माग्दै राँके जुलुस
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
मधेश प्रदेश मुख्यमन्त्री सिंहले लिए पद तथा गोपनीयताको शपथ
मधेश प्रदेश मुख्यमन्त्री सिंहले लिए पद तथा गोपनीयताको शपथ
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध