अमरेश सिंहको दाबी- रवि लामिछाने र मेरो पछाडि सरकारले सुराकी खटाएको छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १३, २०८३
|
|
११२ पटक हेरिएको
Shares
अमरेश सिंहको दाबी- रवि लामिछाने र मेरो पछाडि सरकारले सुराकी खटाएको छ

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद अमरेशकुमार सिंहले बालेन सरकारले सभापति रवि लामिछाने र आफ्नो पछाडि सुराकी खटाएको दाबी गरेका छन् ।
  • प्राइम टाइम टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा सांसद सिंहले हिजोका सरकारजस्तै अहिलेको सरकारले पनि जो बोल्छ उसको पछाडि सुराकी लगाइरहेको बताए ।
  • सांसद सिंहले भने- चाहे अमरेशकुमार सिंह होस्, चाहे रवि लामिछाने र प्रचण्ड जो बोल्छ उसको पछाडि सुराकी लगाइन्छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद अमरेशकुमार सिंहले बालेन सरकारले सभापति रवि लामिछाने र आफ्नो पछाडि सुराकी खटाएको दाबी गरेका छन् । प्राइम टाइम टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा सांसद सिंहले हिजोका सरकारजस्तै अहिलेको सरकारले पनि जो बोल्छ उसको पछाडि सुराकी लगाइरहेको बताए ।

सांसद सिंहले भने- चाहे अमरेशकुमार सिंह होस्, चाहे रवि लामिछाने र प्रचण्ड जो बोल्छ उसको पछाडि सुराकी लगाइन्छ । राज्यको सुराकी संयन्त्र त कुनै अपराधिक गतिविधिको पछाडि हुनुपर्ने हो । मैले जहाँसम्म थाहा पाएको छु मेरो पछाडि सुराकी खटाइएको छ । मेरोमात्र होइन सभापति रवि लामिछानेको पछाडि पनि छ । किनभने तपाईँले देशको अपराध कन्ट्रोल गर्न सुराकी खटाउनुको साटो नेता नेताको घरको अगाडि सुराकी गर्न लगाएर पाउने के ? म राजनीतिज्ञ हुँ,मैले नेता नभेटेर कसलाई भेट्छु त ? चाहे सभापति रवि लामिछानेलाई भेट्छु,पार्टीका नेतालाई भेट्छु,या अरु पार्टीका नेतालाई भेट्छु ।

सांसद सिंहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरामाथिको धरपकडबाट सरकारले विभिन्न क्षेत्रका नेता तथा व्यक्तिहरूलाई थ्रेट दिएको बताए । उनले यो सरकार असफल नहोस् भन्नेमा आफू चिन्तित रहेको तर सरकारले लिएका कदम सफलतातिर नगएको समेत बताए । उनले आफू पक्राउ पर्ने डरमा नरहेको भन्दै विगतमा पनि पटकपटक थुना र जेलमा परेको स्मरण गरे ।

अन्तर्वार्ताका क्रममा प्रस्तोत ऋषि थपलियाले सोधेको सरकार रवि लामिछानेदेखि डा.अमरेश सिंहसम्मलाई निशाना बनाउन सक्छ वा पक्राउ गर्न सक्छ ? भन्ने प्रश्नमा अमरेशको जवाफ यस्तो छ- हामी तयार छौँ, हामी त्यसको लागि तयार छौँ । मलाई लाग्दैन,तर त्यस्तो गर्‍यो भने हामी तयार छौँ । हामी जुनसुकै परिस्थिति तयार छौँ । हामी देशको संविधान, लोकतन्त्रको रक्षाका लागि छौँ, हामी कुनै पनि हुकुमी शासनको सागिर्द (मतियार) बन्दैनौँ । हामी त्यसको ‘आइ विटनेस’ बन्दैनौँ,साक्षी किनारामा बस्नका लागि जनताबाट निर्वाचित भएर आएका होइनौँ ।

सांसद सिंहले संविधानमाथि छेडखानी भइरहेको भन्दै यो संविधान चलाइए देश दुर्घटनामा जाने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
हिन्दु सम्राट सेना द्वारा आयोजित मा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता रामनगरमा सम्पन्न
हिन्दु सम्राट सेना द्वारा आयोजित मा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता रामनगरमा सम्पन्न
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
न्याय माग्दा निहारिका र बिनुविरुद्ध सार्वजनिक शान्तिविरुद्धको मुद्दा
न्याय माग्दा निहारिका र बिनुविरुद्ध सार्वजनिक शान्तिविरुद्धको मुद्दा
९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ
९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने
सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी