नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १३, २०८३
|
|
१६५ पटक हेरिएको
Shares
नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने 

सारांश

  • नेपाल र बेलायतका सांसदबीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना हुने भएको छ ।
  • नेपाल–बेलायत संसदीय मैत्री समूहको पहलमा आगामी वर्ष फेब्रुअरी २७ मा दुई देशका सांसदबीच क्रिकेट खेल आयोजना गर्न लागिएको हो ।
  • प्रस्तावित कार्यक्रमअनुसार पहिलो खेल काठमाडौँको त्रिवि क्रिकेट मैदानमा हुनेछ भने दोस्रो खेल पर्यटकीय सहर पोखरामा आयोजना गरिनेछ ।

 

काठमाडौं । नेपाल र बेलायतका सांसदबीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना हुने भएको छ । नेपाल–बेलायत संसदीय मैत्री समूहको पहलमा आगामी वर्ष फेब्रुअरी २७ मा दुई देशका सांसदबीच क्रिकेट खेल आयोजना गर्न लागिएको हो ।

प्रस्तावित कार्यक्रमअनुसार पहिलो खेल काठमाडौँको त्रिवि क्रिकेट मैदानमा हुनेछ भने दोस्रो खेल पर्यटकीय सहर पोखरामा आयोजना गरिनेछ । दुई खेलमार्फत नेपाल र बेलायतबीच संसदीय सम्बन्धसँगै खेलकुदका माध्यमबाट समेत सम्बन्ध विस्तार गर्ने उद्देश्य राखिएको छ ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाका अनुसार मैत्रीपूर्ण प्रतियोगिताले दुई देशका सांसदबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल र बेलायतबीच लामो समयदेखि वैदेशिक रोजगारी, पर्वतीय कूटनीति, पर्यटन, संस्कृति तथा संसदीय अभ्यासका क्षेत्रमा सहकार्य हुँदै आएको छ । यसै सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले क्रिकेटलाई समेत सहकार्यको माध्यम बनाउन लागिएको हो ।

नेपाल–बेलायतबीचको संसदीय सम्बन्धलाई थप प्रभावकारी बनाउने, पर्यटन तथा संस्कृतिको प्रवद्र्धन गर्ने र दुई देशका सांसदबीच आपसी अनुभव तथा सम्बन्ध विस्तार गर्ने विषयलाई समेत कार्यक्रमले प्राथमिकता दिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?