भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
८९ पटक हेरिएको
Shares
भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने

सारांश

  • बिहीबार जिल्ला क्रिकेट संघले निर्माणाधीन रामजानकी बहुउदेश्यीय रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै भारतको ४ वटा टिमसहित १२ वटा टिम सहभागी हुने जनाएको छ।
  • जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा भारतको दिल्ली, बिहारको मुजफ्फरपुर, पुरनीया र उत्तर प्रदेशको लखनउँ र मधेस प्रदेशको ८ वटै जिल्ला टिम सहभागी हुने आयोजकले जनाएको छ।
  • क्रिकेट प्रतियोगितामा विजेता टिमलाई २ लाख, उपविजेतालाई १ लाख २५ हजार पुरस्कारको व्यवस्था गरिएको जिल्ला क्रिकेट संघ धनुषाका सचिव आशिष कुमार झाले जानकारी दिए।

२५ वैशाख, जनकपुरधाम –

जनकपुरधाममा शुक्रबारदेखि तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु हुन लागेको छ। बिहीबार जिल्ला क्रिकेट संघले निर्माणाधीन रामजानकी बहुउदेश्यीय रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै भारतको ४ वटा टिमसहित १२ वटा टिम सहभागी हुने जनाएको छ। जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा भारतको दिल्ली, बिहारको मुजफ्फरपुर, पुरनीया र उत्तर प्रदेशको लखनउँ र मधेस प्रदेशको ८ वटै जिल्ला टिम सहभागी हुने आयोजकले जनाएको छ।

क्रिकेट प्रतियोगितामा विजेता टिमलाई २ लाख, उपविजेतालाई १ लाख २५ हजार पुरस्कारको व्यवस्था गरिएको जिल्ला क्रिकेट संघ धनुषाका सचिव आशिष कुमार झाले जानकारी दिए। उनले प्रत्येक दिनका म्यान अफ दि म्याच हुने खेलाडीलाई केएफसिको पाँच हजारको गिफ्टका साथै ३ हजार नगद र ट्रफि प्रदान गरिने भएको छ। प्रतियोगितामा वेष्ट व्याट्स म्यान, वेष्ट वल, म्यान अफ दि सिरिज हुने खेलाडीलाई नगद सहित पुरस्कृत गरिने भएको छ। सचिव झाले यस प्रतियोगितामा १२ टिमका १९२ जना खेलाडी सहभागी हुने र उनीहरुको ड्रेसको व्यवस्था क्रिकेट संघले गर्ने र यो पटक खेलाडी र अफिसियलको विमाको समेत व्यवस्था गरेको बताए।

मधेस प्रदेशबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी टिम सहभागी हुने भन्दै सचिव झाले यी टिममा जिल्ला क्रिकेट टिमका खेलाडीहरु रहने बताए। यस्तै, उनले भारतबाट सहभागी हुने टिममा रंजी लगायतका खेलाडीहरु रहने बताए। रेल्वेसँग समेत कुरा चलिरहेकोमा पेपरको काम नभएका कारण रेल्वेको टिम सहभागी हुन नसकेको बताए। पत्रकार सम्मेलनमा बोल्दै जिल्ला क्रिकेट संघका सदस्य सरोज मिश्रले भारतको टिम सहभागी हुँदा यहाँको खेलाडीको क्षमतामा समेत वृद्धि हुने बताए। उनले १२ वटा टिमलाई ४ वटा टिममा राखिएको जानकारी दिए। प्रतियोगिता जेठ २ गतेसम्म चल्ने आयोजकले जनाएको छ। ३४ लाख ७६ हजार ५५० रुपैयाँ खर्च हुने यस प्रतियोगिताका लागि उपमहानगरले २० लाख सहयोग रहेको र बाँकी रकम जिल्ला क्रिकेट संघको आह्वानमा विभिन्न दातृ निकायले सहयोग गरेको सचिव झाले बताए।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाममा क्रिकेटको वातावरण निर्माण गर्न प्रत्येक वर्ष वार्षिक कार्यक्रममा नै बजेटको व्यवस्थापन गरेर क्रिकेट खेलको आयोजना गर्दै आएको बताए। यूवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलको उद्घाटन गर्ने तथा उद्घाटन सत्रमा मधेस प्रदेशका खेलकूद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, नेपाल क्रिकेट संघका अध्यक्ष एवं कोषाध्यक्ष सहितका व्यक्तिहरु सहभागि हुनु आयोजकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने
तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
दसैँका लागि भदौ २९ गतेदेखि नयाँ नोट साटिने
दसैँका लागि भदौ २९ गतेदेखि नयाँ नोट साटिने
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन
सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा