करेन्ट लागेर घाइते भएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
१०५ पटक हेरिएको
Shares
करेन्ट लागेर घाइते भएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिइने

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।
  • प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो ।
  • नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा करेन्ट लागेर घाइते भएका थिए ।

७ साउन, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो । नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा करेन्ट लागेर घाइते भएका थिए ।

स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम क्षतिपूर्ति र औषधि उपचारको खर्च भुक्तानी गर्दै आएको छ । प्राधिकरणको विनियमावली अनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति र औषधोपचार विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाख देखि १० लाख रुपैयाँको मुख्य प्रशासकीय अधिकृत र १० लाखभन्दा बढीको रकम सञ्चालक समितिले निर्णय गर्नुपर्ने व्यवस्था छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजीरहरुका आधार पीडित बालकको परिवारलाई सहयोग गरिएको बताए । उनले मानिसको जीवनभन्दा जतिसुकै ठूलो रकम पनि कम हुने बताए ।

यो रकमले पीडा भुलाउने त होइन तर जीवनयापनमा थोरै भए पनि सहयोग होस् भन्ने अपेक्षा गरिएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘बीमा, उपचार र क्षतिपूर्तिको व्यवस्था एकतिर भइरहेकै विषय हो । तर, पछिल्ला दिनमा बढ्दै गएको विद्युतीय दुर्घटनाको न्यूनीकरणका लागि प्राधिकरण र नागरिक समाज सचेत हुनुपर्छ ।’ मन्त्री श्रेष्ठले हरेक वर्ष विद्युतीय दुर्घटनाबाट भइरहेको जनधनको क्षतिको तथ्यांक डरलाग्दो रहेको उल्लेख गर्दै प्राधिकरणलाई आफ्ना संरचनाहरुको मर्मत गर्ने, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने, सुरक्षा सतर्कता बढाउने र नागरिकलाई जनचेतना तथा पूर्व सूचनाका कार्यलाई तीव्रता दिन निर्देशन दिए । साथै विद्युतीय दुर्घटना न्यूनीकरण गर्न नागरिकको सचेतना पनि अपरिहार्य रहेकोमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने
भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने
आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
प्रधानमन्त्री कप क्रिकेटका खेलहरू मुलपानी क्रिकेट मैदानमा हुने
प्रधानमन्त्री कप क्रिकेटका खेलहरू मुलपानी क्रिकेट मैदानमा हुने
दुम्कीबासमा डाभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दुम्कीबासमा डाभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना