सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १३, २०८३
|
|
८४ पटक हेरिएको
Shares
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सारांश

  • मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
  • सिंहदरबारमा जारी बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।
  • सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवाको तयारी गरेको स्रोतले जनाएको छ ।

१३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवाको तयारी गरेको स्रोतले जनाएको छ ।

यसअघि नै बढुवा समिति समितिले प्रशासनतर्फका सहसचिवहरु आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई बढुवाका लागि सिफारिस गरिसकेको छ ।

यसैगरी प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नविनराज सिंह र मीना श्रेष्ठ पनि सचिव बढुवाका लागि सिफारिस भएका छन् ।

प्रशासन र प्राविधिकतर्फबाट एक–एक जना बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?