बाढीले अस्तव्यस्त चितवन, करिब ३ सय जनाको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
२४ पटक हेरिएको
Shares
बाढीले अस्तव्यस्त चितवन, करिब ३ सय जनाको उद्धार

सारांश

  • जनजीवन अस्तव्यस्त भएको छ।
  •   करिब तीन सय जनाको उद्धार गरिएको छ।
  •  केही भाग डुबानमा परेको छ।

 

१२ असोज, चितवन : असोज दश गते रातिदेखि परेको अविरल वर्षाको कारण चितवनका नदी किनारका भाग डुबानमा परेको छ।

जनजीवन अस्तव्यस्त भएको छ।  करिब तीन सय जनाको उद्धार गरिएको छ।  केही भाग डुबानमा परेको छ। डुबानमा परेकालाई उद्धार गरेर सुरक्षित स्थानमा राखेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। भरतपुर महानगरपालिका-१६ स्थित गुम्बाचौर, रामघाट, झनझने, कार्कीचोकमा नारायणी नदीको बाढीका कारण एक सय घर डुबानमा परेको छ। भरतपुर २६ सिसुवार, तल्लो हिरापुरमा २८ घरका परिवारलाई उद्धार गरेर  गुरुङ समाजको भवन र स्थानिय विद्यालयमा राखिएको छ। जिल्लाको दक्षिणी भेग माडीमा रिउ खोलामा पानीको बहाव बढेर माडि नगरपालिका १ बनकट्टा चन्दपुरि भन्ने गाँउमा १०/११ घर डुवानमा परेका छन्।

माडीकै  सिमरा, कृष्णपुर क्षेत्रमा एरियामा ५/७ घरमा पानी पसर अन्न , लत्ताकपडा भिजाएको छ। भरपुर महानगरपालिका १ देवघाट स्थितमा रहेको  हरीकिर्तनचोक धर्मशालाबाट ७ जना र शिव मन्दिर बाट २ गरी ९ जना लाई नेपाल प्रहरी र सशस्त्र प्रहरी द्वारा उदार गरेको छ। जिल्ला चितवन भरतपुर महानगरपालिका ३ नगरवन स्थितमा रहेको  बालबालिका राख्ने (हाम्रो घर) र सोही ठाउँमा रहेको बालकुमारी कलेज बाट गरी २८ जना उद्वार गरेर सुरक्षित स्थानमा राखिएको छ।  राप्ती नगरपालिका ०६ ढुंग्रेखोला स्थित जोखिममा रहेकालाई नेपाल प्रहरी , नेपाली सेना, सशस्त्र प्रहरी सहितको टोलीले बोटको सहायताले १०

जना व्यक्तिहरूलाई उद्दार गरेर भण्डारा मा.वि.मा राखिएको छ।त्यस्तै ईच्छाकामना गाँउपालिका ४ धारापानि र गोरखा शहिद लखन गाँउपालिका ४  छेपेटार जोडने झोलुङ्गे पुलको गोरखातर्फको भाग बगाएको छ।  ईच्छाकामनाकै वडा नम्बर पाँचमा रहेका पुरानो पुल नजिक रहेको भवन, बिधुतको ट्रासमिटर, बिधुतको चार्जिङ स्टेशन पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।। सोही ठाँउमा रहेको सामुदायिक सेवा केन्द्र नारायणगढ को तल्लो कोठामा पानि पसेको छ। भरतपुर महानगरपालिका २५ का राजेन्द्र महतोको फर्निचरमा क्षति पुगेको छ। वेथरी खोलाको पानी पसेर काठ, मुढा, बगाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशका विभिन्न स्थानहरुमा वर्षा हुने
आज देशका विभिन्न स्थानहरुमा वर्षा हुने
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
राष्ट्रिय महिला अधिकार दिवस मनाईदै
राष्ट्रिय महिला अधिकार दिवस मनाईदै
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
मोन्टेनेग्रोमा गोली हानी १० जनाको हत्या
मोन्टेनेग्रोमा गोली हानी १० जनाको हत्या
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास हुँदैछ: प्रचण्ड
संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास हुँदैछ: प्रचण्ड