सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बाढीले अस्तव्यस्त चितवन, करिब ३ सय जनाको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
४४ पटक हेरिएको
Shares
बाढीले अस्तव्यस्त चितवन, करिब ३ सय जनाको उद्धार

सारांश

  • जनजीवन अस्तव्यस्त भएको छ।
  •   करिब तीन सय जनाको उद्धार गरिएको छ।
  •  केही भाग डुबानमा परेको छ।

 

१२ असोज, चितवन : असोज दश गते रातिदेखि परेको अविरल वर्षाको कारण चितवनका नदी किनारका भाग डुबानमा परेको छ।

जनजीवन अस्तव्यस्त भएको छ।  करिब तीन सय जनाको उद्धार गरिएको छ।  केही भाग डुबानमा परेको छ। डुबानमा परेकालाई उद्धार गरेर सुरक्षित स्थानमा राखेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। भरतपुर महानगरपालिका-१६ स्थित गुम्बाचौर, रामघाट, झनझने, कार्कीचोकमा नारायणी नदीको बाढीका कारण एक सय घर डुबानमा परेको छ। भरतपुर २६ सिसुवार, तल्लो हिरापुरमा २८ घरका परिवारलाई उद्धार गरेर  गुरुङ समाजको भवन र स्थानिय विद्यालयमा राखिएको छ। जिल्लाको दक्षिणी भेग माडीमा रिउ खोलामा पानीको बहाव बढेर माडि नगरपालिका १ बनकट्टा चन्दपुरि भन्ने गाँउमा १०/११ घर डुवानमा परेका छन्।

माडीकै  सिमरा, कृष्णपुर क्षेत्रमा एरियामा ५/७ घरमा पानी पसर अन्न , लत्ताकपडा भिजाएको छ। भरपुर महानगरपालिका १ देवघाट स्थितमा रहेको  हरीकिर्तनचोक धर्मशालाबाट ७ जना र शिव मन्दिर बाट २ गरी ९ जना लाई नेपाल प्रहरी र सशस्त्र प्रहरी द्वारा उदार गरेको छ। जिल्ला चितवन भरतपुर महानगरपालिका ३ नगरवन स्थितमा रहेको  बालबालिका राख्ने (हाम्रो घर) र सोही ठाउँमा रहेको बालकुमारी कलेज बाट गरी २८ जना उद्वार गरेर सुरक्षित स्थानमा राखिएको छ।  राप्ती नगरपालिका ०६ ढुंग्रेखोला स्थित जोखिममा रहेकालाई नेपाल प्रहरी , नेपाली सेना, सशस्त्र प्रहरी सहितको टोलीले बोटको सहायताले १०

जना व्यक्तिहरूलाई उद्दार गरेर भण्डारा मा.वि.मा राखिएको छ।त्यस्तै ईच्छाकामना गाँउपालिका ४ धारापानि र गोरखा शहिद लखन गाँउपालिका ४  छेपेटार जोडने झोलुङ्गे पुलको गोरखातर्फको भाग बगाएको छ।  ईच्छाकामनाकै वडा नम्बर पाँचमा रहेका पुरानो पुल नजिक रहेको भवन, बिधुतको ट्रासमिटर, बिधुतको चार्जिङ स्टेशन पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।। सोही ठाँउमा रहेको सामुदायिक सेवा केन्द्र नारायणगढ को तल्लो कोठामा पानि पसेको छ। भरतपुर महानगरपालिका २५ का राजेन्द्र महतोको फर्निचरमा क्षति पुगेको छ। वेथरी खोलाको पानी पसेर काठ, मुढा, बगाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार
हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार
१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ
कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ
कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ
रास्वपाले गर्‍यो अर्ली चुनावको माग
रास्वपाले गर्‍यो अर्ली चुनावको माग
प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित
प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित
पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ
पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ
सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्याे
सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्याे
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली