ग्यास आपूर्ति व्यवस्थित गर्न अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै
सारांश
- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएकी छन्।
- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सरक्षण समितिकाे खाद्य आपूर्ति सम्बन्धी छलफल कार्यक्रममा बुधबार बाेल्दै उनले यस्ताे बताएकी हुन् ।
- मन्त्री कुमारीले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताइन् ।
२७ साउन, काठमाडौँ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएकी छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सरक्षण समितिकाे खाद्य आपूर्ति सम्बन्धी छलफल कार्यक्रममा बुधबार बाेल्दै उनले यस्ताे बताएकी हुन् ।

मन्त्री कुमारीले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताइन् । मन्त्री गौरीकुमारीले सिंहदरबारमा यहि साउन २८ गतेदेखि खाद्यको स्टलमार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताएकी छन् । नेपाल आयल निगमका प्रबन्ध निर्देशन नागेन्द्र साहले एक हप्ताभित्रै ग्यासको सहज आपूर्ति हुने दावी गरे। मंगलबार मात्रै १ सय ३४ ग्यास बुलेट भित्रिएको बताएका छन् । उनले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिएको दावी समेत गरे ।

प्रतिक्रिया