Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

सारांश

  • गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो ।
  • नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो ।
  • बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उहाँले बताउनुभयो ।

कञ्चनपुर, २७ जेठः बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो ।

बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उहाँले बताउनुभयो । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
चिनियाँ नागरिकको कोठाबाट १० लाख चोरी आरोपमा एक जना पक्राउ
चिनियाँ नागरिकको कोठाबाट १० लाख चोरी आरोपमा एक जना पक्राउ
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका खरेलको बयान सुरु
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका खरेलको बयान सुरु
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
नजिकको मृ*त्यु र हाम्रो सफलता कथा: उच्च जोखिम गर्भावस्थामा हाम्रो यात्रा
नजिकको मृ*त्यु र हाम्रो सफलता कथा: उच्च जोखिम गर्भावस्थामा हाम्रो यात्रा
वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात
वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात