अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

सारांश

  • गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो ।
  • नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो ।
  • बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उहाँले बताउनुभयो ।

कञ्चनपुर, २७ जेठः बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो ।

बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उहाँले बताउनुभयो । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो
२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
एमालेले भन्यो- पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन्
एमालेले भन्यो- पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन्
नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो
नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
सुनको मूल्यले बनायो नयाँ रेर्कड
सुनको मूल्यले बनायो नयाँ रेर्कड
गौतमबुद्ध रङ्गशाला निर्माणमा प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने आश्वासन
गौतमबुद्ध रङ्गशाला निर्माणमा प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने आश्वासन
सुनसरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
सुनसरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु