सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन

सारांश

  •   नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई छुन नसकेको बताएका छन्।
  • काठमाडौंमा सोमबार आयोजित ‘संघीयताको दृष्टिमा आर्थिक वर्ष २०८२/८३ को बजेट’ शीर्षक कार्यक्रममा पूर्वअर्थमन्त्री पुनले बजेटले तल्लो तहका जनताको भावना सम्बोधन गर्नुको साटो उपेक्षा गरेको बताएका हुन्।
  •   बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै उनले आपत्ति जनाए।

२६ जेठ, काठमाडौँ । 

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई छुन नसकेको बताएका छन्। काठमाडौंमा सोमबार आयोजित ‘संघीयताको दृष्टिमा आर्थिक वर्ष २०८२/८३ को बजेट’ शीर्षक कार्यक्रममा पूर्वअर्थमन्त्री पुनले बजेटले तल्लो तहका जनताको भावना सम्बोधन गर्नुको साटो उपेक्षा गरेको बताएका हुन्।  बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै उनले आपत्ति जनाए।

अर्थतन्त्र चलायमान हुन नसक्नुको कारणमध्ये एक सहकारी र लघुबित्तमा देखिएको समस्याको नकारात्मक प्रभाव रहेको भए पनि अर्थमन्त्री र सरकारको ध्यान त्यसतर्फ नगएको पुनको भनाइ थियो। ‘अर्थतन्त्र चलायमान हुन नसक्नुको कारण लघुवित्त र सहकारीको समस्या पनि हो’, उनले भने, ‘त्यसमा अर्थमन्त्रीको ध्यान गएको देखिएन।’ फरक प्रसंगमा पुनले आगामी आर्थिक वर्षको बजेटमा सहरी विकास मन्त्रालयलाई मागेको भन्दा बढी रकम दिइएकामा आशंका रहेको बताए। उक्त मन्त्रालयको सिलिङ ९१ अर्ब रहेकामा २७ अर्ब बढाएर १ खर्ब १८ अर्ब बजेट दिइनुको कारण आफूहरुले खोज्ने उनले उल्लेख गरे। ‘७२ अर्बको सिलिङ भएको मन्त्रालयलाई २६ अर्ब बढी बजेट दिनुको कारण के हो रु खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको आशंका छ’, उनले भने।

राष्ट्रिय योजना आयोगले सहरी विकास मन्त्रालयलाई ९१ अर्ब रूपैयाँ बजेटको सीमा ९सिलिङ० तोकिदिएको थियो। यद्यपि उक्त मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रूपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षको तुलनामा यो २८ प्रतिशतले बढी हो।सरकारका २२ मध्ये अधिकांश मन्त्रालयको बजेट सीमा घटेकामा सहरीको भने अस्वाविक रुपमा बढाइएको छ। कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकासमन्त्री छन्।अर्थमन्त्री विष्णु पौडेलले ३ करोडभन्दा कम बजेट विनियोजन नभएको दाबी गरिरहेको भए पनि सांसदहरुलाई उपलब्ध गराइएको रातो किताबको डिजिटल कपीमा सहरी मन्त्रालयअन्तर्गत १ लाखदेखि ५ लाखसम्मका योजनामा रकम विनियोजन गरेको भेटिएको पुनले बताए। ‘सहरी विकास मन्त्रीले नै अनौपचारिक रुपमा २५ लाखसम्मका योजना रहेको स्वीकार गर्नुभएको छ। तर, रातो किताबको डिजिटल कपीमा एक लाखदेखि ५ लाखसम्मका योजना बग्रेल्ती भेटिएका छन्’, पुनले भने, ‘सरकारले भन्ने एउटा गर्ने अर्को गरेको छ।’

यस्तै पुनले यसअघि प्रदेश र स्थानीय तहलाई दिइएको अधिकार सरकारले फेरि संघमा फिर्ता ल्याउन थालिएको बताए। पुनले संघीयतासम्बन्धी संविधानको मर्मविपरीत स्वास्थ्य, शिक्षा, ऊर्जा र वन मन्त्रालयअन्तर्गत तल दिइएका अधिकार फिर्ता ल्याइएको जनाए। ‘सिद्धान्ततः हामी सबै संघीयताको पक्षमै छौं। त्यसमा सबैको प्रतिबद्धता पनि छ’, पुनले भने, ‘तर, व्यवहारमा भने तल दिइसकिएका अधिकारहरु पनि फिर्ता ल्याउने काम भएको छ।’संघीयताको परिकल्पना गर्नेहरु नै कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेको भन्दै पुनले कार्यान्वयन पक्षमा देखिएको अनुदार प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए। उनले संघले प्रदेश र स्थानीय तहलाई विश्वास नगर्ने र संघप्रति प्रदेश र स्थानीय तहले विश्वास गर्न नसक्ने अवस्था विद्यमान रहेको उल्लेख गेर। संघीयताको डिजाइन हामीले नै गरेका हौं। अहिले एकअर्काप्रति अविश्वास छ’, पुनले भने, ‘संघले प्रदेश र स्थानीय तहलाई, प्रदेश र स्थानीय तहले संघलाई विश्वास नगर्ने जुन अवस्था छ, यो अन्त्य हुनुपर्छ।’पुनले संघीयतापछि स्थानीय तहहरुले प्रभावकारी काम गरेको बताए। भौतिक पूर्वाधारसहित अन्य विकास आयोजनाको छनोटदेखि कार्यान्वयनसम्म स्थानीय जनताको सहभागिता रहने गरेकाले प्रभावकारी देखिएको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : पहाडी र हिमाली काे ही भूभागमा मेघगर्जसहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली काे ही भूभागमा मेघगर्जसहित वर्षाको सम्भावना
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
चिनियाँ नागरिकको कोठाबाट १० लाख चोरी आरोपमा एक जना पक्राउ
चिनियाँ नागरिकको कोठाबाट १० लाख चोरी आरोपमा एक जना पक्राउ
सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स भिड्दै
१४ कम्पनी कालोसूचीमा, ८ माथि कारबाही
१४ कम्पनी कालोसूचीमा, ८ माथि कारबाही
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृ*त्यु
गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृ*त्यु